१. प्रस्तोता– दर्शकवृन्द नमस्कार। ‘पञ्चली वहस’मा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता राजु थापा। ‘पञ्चली वहस’मा हामी योभन्दा अघिल्लो इपिसोड (भाग)सम्म विभिन्न व्यक्तित्वहरूसँग कुरा गर्दै आइरहेका छौं। हामीलाई यहाँले माया र साथ दिइरहनुभएको छ। दर्शनवृन्द! आजको बसाइ हामी थोरै पृथक रूपबाट यहाँहरूमाझ प्रस्तुत गर्दे कोशिसमा छौं। कृपया हामीलाई साथ दिनुहोला।
दर्शकवृन्द! हामी यस कार्यक्रममा विशेष त राजनीति, समाजसेवा र स्थानीय राजनीतिको विषयमा यहाँहरू
माझ कुराकानी गर्दै आइरहेका थियौं। तर आज हामी थोरै अलग ढङ्गबाट कुराकानीको लागि
हामी ‘स्वामी श्री रामदासज्यू’सँग ‘टिभी पञ्चली ८ के’को काठमाडौंस्थित स्टुडियोमा
छौं। आज हामी उहाँलाई अध्यात्म, भक्ति, दर्शन लगायतको सनातन धर्मको विषयमा कुराकानी गर्ने प्रयासमा छौं। कृपया
हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन अनुरोध छ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
स्वामीजी– धन्यवाद।
प्रस्तोता– हामी यहाँको अन्य विषयमा त विस्तारै प्रवेश गरि नै
हाल्छौं हैन। शुरुमा स्वामीजीको परिचयबाट जाऊँ न थोरै।
स्वामीजी– हेर्नुस्! म एउटा साधक हुँ। र साधकको परिचय गुरुसँग
सम्बन्धित हुन्छ। यदि अर्जुनलाई कसैले अर्जुनको परिचय सोधे भने अर्जुनले भन्छन्, ‘म द्रोणशिष्य अर्जुन हुँ।’ त्यसैले मेरो गुरुदेव
श्री श्री घनश्यामदासजी महाराज हुनुहुन्छ जो जगद्गुरु श्री कृपालु जी महाराजका
सुपुत्र हुनुहुन्छ। त्यसैले म जगद्गुरु श्री कृपालु जी महाराज र श्री श्री
घनश्यामदासजी महाराज, उहाँलाई सर्वप्रथम प्रणाम गर्न
चाहन्छु। र, मेरो दोस्रो परिचय भनेको एउटा सन्न्यासी
हुँ।
सन्न्यासी अनेक प्रकारका हुन्छन्। जुन हाम्रो वेदशास्त्रमा
सन्न्यासीहरूको निरुपण छ, त्यसमा कठिन नियमहरू छन्, जसको पालना कलियुगमा
सम्भव छैन। तर कतिपय साधकहरूलाई, जो योग्य छन्, उनीहरूलाई वास्तविक महापुरुषले भगवान्को सेवाकोनिमित्त संसारी जतिपनि
कामहरू छन्, ती कामहरूलाई छोडेर जीवन समर्पण गर्ने
आज्ञा दिनुहुन्छ। त्यसमा जुन वेदशास्त्रमा भएका कठिन नियमहरूलाई उहाँले क्षमा
गरिदिनुहुन्छ। र त्यो सन्न्यासीको एकमात्र कर्तव्य भनेको गुरुको आदेश अनुसार
भगवान्को सेवा गर्नु हो। र म त्यही प्रकारको सन्न्यासी हुँ। र भक्ति, सनातन धर्म भक्ति मार्ग को प्रचार गरिरहेको छु। यही नै मेरो संक्षिप्त
परिचय हो।
२. प्रस्तोता– धन्यवाद। हामी आजको बसाईँमा चाहिँ अन्तर्वार्ताभन्दा पनि स्वामीज्यूबाट केही राम्रा कुराहरू लिऊँ भन्ने, जीवनमा त्यसलाई एप्लाई गरौं भन्ने खालको एउटा कार्यक्रमको आयोजना गरिराखेका छौं। हामीले यहाँलाई प्रथममा के सोध्न चाहेँ भन्दाखेरि धेरैजना व्यक्तिको अथवा धेरैजना यहाँजस्ता व्यक्तिहरूको, साधुहरूको अथवा सन्न्यासीहरूको अथवा महाराजहरूको चाहिँ केके सुन्न सकिन्छ जीवनलाई लिएर, एउटा छुट्टै खालको एउटा वर्णन सुन्न सकिन्छ। जस्तै यहाँको आफ्नो यहाँको विचारमा, यहाँले सिकेको अथवा यहाँले आजसम्म बुझेको आधारमा जीवन चाहिँ के रहेछ खास?
स्वामीजी– हेर्नुस्! जीवनको बारेमा यदि एकदम छोटो परिभाषा दियौं
भने, जीवन भनेको आनन्दको खोजी हो। जसरी पानी निरन्तर
बगिरहन्छ, हामी देख्छौँ। केको निम्ति बग्छ? आफ्नो जुन स्रोत हो– समुद्र, त्यसतिर जानको
लागि निरन्तर प्रयत्न गर्छ, सङ्घर्ष गर्छ। कहाँ हिमालदेखि
कन्दरा, पहाड, फेरि नदी नाला
हुँदै बगिरहन्छ। त्यसैगरि यो हाम्रो जुन जीवन हो, यो
जीवनमा पनि हामीले हाम्रो स्रोत आनन्दलाई खोजिरहेका छौँ। शास्त्रमा बताइएको छ–
सुखाय कर्माणि करोति लोको। भागवत ३–५–२
वेदव्यासजी भागवतमा भन्नुहुन्छ– सबैजना संसारमा सुखको निम्ति नै
प्रयत्नशील छन्। सुखलाई खोजिरहेका छन्। र केवल कार्य मात्रै होईन,
सुखाय दु:खमोक्षाय सङ्कल्प इह कर्मिण:। भागवत ७–७–४२
अर्थात्, सोचाइ पनि। जुन हामी निरन्तर सोचिरहन्छौँ, त्यो
पनि सुखको निम्ति नै सोच्दछौं। चाहे कोही नास्तिक होस्, चाहे
आस्तिक होस्, धनी, गरिब, एउटा चोर होला, अर्को पुलिस होला, सबैजना केवल आनन्द कै निम्ति, आनन्दकै निम्ति
निरन्तर प्रयत्नशील छन्। र यस्तो आनन्दको बारेमा वेदमा बताइएको छ कि ‘अनन्त सुख’
हुन्छ।
यो वै भूमा तत्सुखं। छान्दोग्योपनिषद् ७–२३–१
छान्दोग्योपनिषद्को मन्त्र हो यो। अर्थात्, त्यो जुन वास्तविक सुख, हामी सबै चाहन्छौँ, त्यो अनन्त मात्राको छ।
यसको लागि कुनै वास्तवमा वेद शास्त्रको पनि प्रमाण चाहिँदैन। यादि हामीले सोच्यौँ,
‘‘म कस्तो सुख चाहन्छु– सिमित कि
असिमित?’’ भन्नासाथ उत्तर आउँछ– ‘‘असिमित सुख चाहन्छु।’’
त्यसैगरी बढ्दै जाओस्, हामी यो चाहन्छौं।
गुणरहितं कामनारहितं प्रतिक्षणवर्धमानम्। नारद भक्ति सूत्र ५४
देवर्षि नारदजीले बताउनुभयो कि हामी प्रतिक्षण बढ्दै जाने आनन्द
चाहन्छौँ। र–
सदा पश्यन्ति सूरयः तद्विष्णोः परमं पदम्। सुबालोपनिषद् ६–७
वेद भन्दछ। सुबालोपनिषद्को मन्त्र हो यो। अर्थात् सँधै रहिरहने
आनन्द चाहन्छौं।
यस्तो अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सधैँ रहिरहने आनन्दको निम्ति हामी निरन्तर प्रयत्नशील छौं। र केवल कुनै एउटा डिग्री प्राप्त गारिसकेपछि अनि आनन्द चाहने यस्तो होइन। जन्मनासाथ हामीले सुखको निम्ति नारा लगायौँ। जुन जन्मँदाखेरि कष्ट हुन्छ, हामी त्यो कष्ट चाहँदैनौं र त्यो दुखलाई रोएर प्रकट गरेर यही भन्छौँ कि मलाई यो दुःख चाहिँदैन। म आनन्द चाहन्छु। र केवल मनुष्य मात्र होइन, पशुपक्षी, कीट, पतङ्ग सबै आनन्द नै चाहन्छन्। यसमा कुनै पनि अपवाद छैन। त्यसैले जीवनको यदि सबैभन्दा सुन्दर, सबैभन्दा सटीक परिभाषा एउटा केही हुन सक्छ भने त्यो यही हो– जीवन भनेको आनन्दको खोजी हो।
जस्तै यहाँ पनि युवा हुनुहुन्छ। अथवा निकै कलिलो उमेरकै हुनुहुन्छ। हामीले अरू स्वामी देख्दाभन्दा यहाँको उमेर अलि कलिलो देखिन्छ। म गलत छैन
भने स्वामीज्यू। होइन? जस्तै सबैको लाइफमा एउटा
टर्निङ्ग पोइन्ट (आमूल परिवर्तको कारण) हुन्छ नि त। जस्तै, मेरो जीवनमा एउटा टर्निङ्ग पोइन्ट होला र म एउटा सेक्टर (क्षेत्र)बाट अर्को सेक्टरमा पुगेँ होला। स्वामीजीको पनि
त्यही भएर त स्वामीज्यू अध्यात्ममा आउनुभयो होला हैन? जस्तै
यहाँको लाइफमा चाहिँ के टर्निङ्ग पोइन्ट रह्यो र यहाँ अध्यात्मप्रति आकर्षित
हुनुभयो अथवा यो क्षेत्रमा लाग्नुभयो?
स्वामीजी– यो प्रश्न प्रायः सँधै सोधिन्छ र सबैले केही न केही कथा
सुनाउनुहुन्छ, आफ्नो
जीवनको। र इतिहास हेर्दा खेरि पनि वाल्मीकिजीको जीवनी पढौं, अथवा तुलासीदासजी महाराजको जीवनी पढौं, अथवा
भर्तृहरिजी महाराजको जीवनी पढौं, सबैको जीवनीमा केही न
केही टर्निङ्ग पोइन्ट छ। र जतिपनि टर्निङ्ग पोइन्टहरू छन्, ती टर्निङ्ग पोइन्टहरू संसारको स्वरूपको बारेमा छन्।
जस्तै, भर्तृहरिजी महाराज उहाँलाई यो लाग्यो कि संसारमा सबै स्वार्थी रहेछन्।
जसलाई म प्राणभन्दा पनि बढी प्रेम गर्छु, मेरी श्रीमती, ऊ अर्कैमा आशक्त रहिछे। त्यसैगरी वाल्मीकिजीलाई पनि यही लाग्यो– संसारमा
सबै स्वार्थी छन्। परीक्षित्जी महाराजलाई यही
लाग्यो कि संसारी सुखको जुन भोग, अहिले मैले गरिरहेको
छु राजा बनेर, यो त अब सातदिनमा नै मबाट खोसिने रहेछ।
अर्थात् संसारी जुन सुख, अघि जुन हजुरले प्रश्न सोध्दाखेरि भूमिकामा बताउनुभयो– क्षणिक सुख। संसारी सुख क्षणिक हुन्छ। जुन अघि मैले बताएँ, हामी अनन्त सुख चाहन्छौँ, प्रतिक्षण बढ्दै जाने
सुख चाहन्छौँ, सधैँ रहिरहने सुख चाहन्छौँ। तर संसारमा
अहिलेसम्म हामीलाई मिलेको सुख यसको विपरीत छ। सीमित सुख छ, घट्दै जान्छ, समाप्त हुन्छ। र यो चिज जुन दिन
बोध हुन्छ...। जस्तै सुन्न त भर्खरै मैले बताएँ, हजुरले
सुन्नभयो, यहाँ दर्शकहरूले, श्रोताहरूले
पनि सुन्नुभयो; सुन्नु एउटा चिज हो, तर त्यही चिज बोध हुनु यो अर्कै चिज हो।
जस्तै सिद्धार्थ गौतमजी घरबाट निस्कनु भयो, दरबारबाट। उहाँले देख्नुभयो व्यक्तिहरू बुढा
हुँदा रहेछन्। अर्थात् म पनि एकदिन बुढो हुनुपर्छ। रोगी हुँदा रहेछन्, मर्दा रहेछन्। उहाँले जस्ट (केवल) एकपटक देख्नुभयो। देख्नासाथ त्यसको
चिन्तन मनन भयो, उहाँलाई बोध भयो कि यो संसारी सुख
अनित्य रहेछ। र नित्य सुख ‘‘म त सँधै रहिरहने सुख चाहन्छु, त्यो कसरी मिल्छ?’’ त्यसको खोजी गर्नुभयो, उहाँले।
त्यसैले व्यक्तिहरू जुन यो घटना बताउँछन् कि यो घटनाले गर्दा मेरो जीवनमा परिवर्तन भयो। एकप्रकारले सत्य नै
हो तर परम सत्य त्यो होइन। किनकि यदि घटना कारण भएको भए त, त्यो घटना त हामी सबैसँग घटेको छ। मैले पनि देखेको छु– व्यक्तिहरू बुढो
भएको, मरेको, रोगी भएको।
हजुरले पनि देख्नुभएको छ, अर्कोले पनि देखेको छ। तर
हामी सबै त बुद्ध बनेनौँ। त्यसैले जुन यो टर्निङ्ग देख्छौँ हामी, अथवा कोही अध्यात्ममा लागेको देख्छौँ, शास्त्रमा
यसको निम्ति बताईएको छ–
जन्मान्तरसहस्राणि तपोज्ञानसमाधिभिः।
नराणां क्षीणपापानां कृष्णे भक्तिः प्रजायते॥ विष्णुधर्म
अर्थात्, कयौँ जन्म, पूर्वजन्महरूको साधना, ज्ञान, तपश्चर्याको कारणले गर्दा, त्यो पूर्वजन्मको संस्कार अनुसार एउटा व्यक्ति आध्यात्मिक क्षेत्रमा चल्छ, श्रीकृष्णको भक्ति गर्छ र त्यही पूर्वजन्मको संस्कार थियो होला, म सानो हुँदाखेरी नै मैले सत्सङ्गको वातावरण पाएँ।
मेरो हजुरबुबा हुनुहुन्छ, वैष्णव। उहाँसँग म घरघरमा जुन सत्सङ्ग हुन्छ, त्यहाँ
जाने गर्थें। त्यसपछि कक्षा ११, इलाभेन क्लास पढ्दै
थिएँ। त्यतिबेला जगद्गुरु श्री कृपालु जी महाराजका एकजना प्रचारकको मैले प्रवचन
सुनें। र वेद शास्त्रको त्यो सिद्धान्त सुनेपछि, मलाई
लाग्यो कि परमसत्य यसैमा छ। म सत्सङ्ग आउने–जाने गर्थें।
पढाइपनि मेरो कम्प्लिट (पुरा) भयो। ब्याचलर (स्नातक) मैले फिजिक्स
(भौतिकशास्त्र)मा गरें, मास्टर्स (स्नातकोत्तर)
म्यानेजमेन्ट (व्यवस्थापन)मा गरें। त्यसपछि आफ्नो सानोतिनो व्यवसाय जे छ, त्यो गर्दै थिएँ।
अचानक गुरुदेवको आज्ञा भयो कि सनातन धर्मको प्रचार गर्नुछ। २०७४
रामनवमीमा उहाँले आज्ञा दिनुभयो। मैले बताएँ कि ‘‘मैले संस्कृत पढ्या छैन। म कसरी
प्रवचन दिन सक्छु?”
उहाँले भन्नुभयो कि गएर प्रवचन दिनु, तिमीलाई सब आउँछ।
त्यसैले उहाँको कृपाद्वारा फेरि सनातन धर्म प्रचारको यो जुन अभियान हो, त्यो शुरु भयो।
त्यसैले मेरो जीवनमा कुनै यस्तो एउटा टर्निङ्ग पोइन्ट छैन कि– म कहीँ
गएको थिएँ। त्यहाँ यस्तो देखें। त्यो देखेर एकदम चिन्तन मनन भयो। संसारमा सुख
छैन्। संसारी जति धन, पद, प्रतिष्ठा भए पनि त्यसबाट सुख मिल्दैन।
यस्तो केही भएन।
एउटा स्वभाविक रूपमा सायद पूर्वजन्म कै संस्कार होला त्यसले गर्दा (मन)
यतातिर आकर्षित भयो र जुन गुरुदेवको आज्ञा हो त्यो पालना गर्न मैले सकेँ। त्यो
पूर्वजन्म कै कुनै संस्कार होला। अन्यथा व्यक्तिहरू जुन संसारी एउटा..., अनेक आकर्षण छ यसमा पनि, त्यसलाई छाडेर गुरुले भन्नुभयो भन्दैमा
आध्यात्मिक क्षेत्रमा हिँड्नको लागि त सबैलाई सम्भव छैन। त्यसैले यसको निम्ति
पक्कै पूर्वजन्मको नै कुनै संस्कार हुनुपर्छ।
४. प्रस्तोता– हस। अब एउटा प्रश्न के। सनातन धर्म यहाँले उच्चारण गर्दै गर्दाखेरि धेरै व्यक्तिले त बुझ्नुहुन्छ होला सनातन धर्मको विषयमा। जस्तै हाम्रो दर्शकहरूलाई, हामीलाई पनि हामीलाई सनातन धर्मको विषयमा थोरै भनिदिनुहोस् न।
स्वामीजी– हेर्नुस्! सबैभन्दा पहिला त धर्मको बारेमा बुझ्नु जरुरी छ।
धर्म केलाई भनिन्छ? वेदमा
एउटा मन्त्र छ।–
वह्नेर्धर्मो यथोष्णता। महोपनिषद् ४–९९
महोपनिषद्को मन्त्र हो यो। अर्थात् आगोको धर्म हो– ताप दिनु, जलाउनु। यो आगोको धर्म ताप दिनु किन हो त? किनकि चारवटा कारणले गर्दा।
पहिलो– यो सनातन हो।
आजभन्दा २०० बर्ष अगिदेखि आगोले ताप दिन थालेको हो, त्योभन्दा पहिला आगो तातो हुन्थेन। यस्तो त
होइन नि त। अनादिकालदेखि आगोले ताप नै दिन्छ। एक।
दोस्रो– अपरिवर्तनशील। आगोको धर्म जुन ताप दिनु हो, यसलाई परिवर्तन गरेर अब चिसो दिने बनाउन त
कसैले सक्दैन। त्यसैले पहिलो सनातन, दोस्रो
अपरिवर्तनशील।
र तेस्रो हो– स्वाभाविक। आगोले ताप दिनको लागि बाहिरी
कसैको प्रेरणा, इच्छा, शक्ति केही त चाहिँदैन। त्यो उसको स्वभाव नै हो।
चौंथो– सार्वत्रकिता। अर्थात् सर्वत्र आगोले के गर्छ? ताप नै दिन्छ। चाहे त्यो नेपालमा होस्, अमेरिकामा होस्, जहाँपनि आगोले ताप
दिन्छ। त्यसैले कुनै पनि वस्तुको कुनै पनि एउटा चिज धर्म हुनको निम्ति यी चारवटा
शर्त पूरा हुनुपर्छ। जुन भर्खरै मैले दृष्टान्त दिएँ आगोको, त्यसअनुसार ‘आगोको धर्म ताप’ यसकारण हामी भन्न सक्छौँ किनकि चारवटा
शर्त पूरा हुन्छ, त्यसैले।
त्यसैगरि अब हाम्रो धर्म के हो त? यदि यस्तो चिज होस्– सनातन होस्, अपरिवर्तनशील
होस्, स्वाभाविक होस् र सर्वत्र त्यही होस्। र अब यो
प्रश्नको उत्तर महाभारतमा छ।
महाभारतको जुन प्रसङ्ग हो, लगभग आजभन्दा पाँच हजार बर्ष अगिको प्रसङ्ग हो। प्रायः धेरैजसोले
सुन्नुभएकै छ, यो प्रसङ्ग। युधिष्ठिरजी र यक्षको
बीचमा वार्तालाप छ, महाभारतमा। जङ्गलमा जाँदाखेरि
प्यास लाग्छ। पालैपालो भाइहरूलाई पठाउनु हुन्छ। कोही पनि फर्केर आउँदैनन्।
अन्त्यमा युधिष्ठिरजी जानुहुन्छ र यक्षले त्यहाँ प्रश्नहरू सोध्नुहुन्छ। र एउटा
प्रश्न थियो–
किंस्विद् धर्मे सनातनम्। महाभारत वनपर्व ३१३–६५
यो वनपर्वको श्लोक हो, महाभारतको। अर्थात् सनातन धर्म के हो? अब
उत्तर दिनुभन्दा पहिला हामी गेस (अनुमान) गर्न सक्छौँ। कसैले भन्छ– अहिंसा नै
सनातन जुन धर्म हो। अहिंसा समान कुनै पनि धर्म छैन भन्छ। तर यो होइन। यदि अहिंसा
नै परम धर्म भएको भए संसारमा कहीँ पनि हिंसा हुदैनथ्यो। हैन र?
यदि सेवा नै परम धर्म भएको भए, आज व्यक्तिहरू आँफूलाई जन्म दिने बाबुआमालाई त हेला गरेर वृद्धाश्रम
पठाउँदैछन्। त्यसैले स्वाभाविक धर्म त, हामी न सेवा
देख्छौँ, न अहिंसा देख्छौँ। जुन स्वाभाविक होस्, अपरिवर्तनशील होस्, सनातन होस् यस्तो
धर्म के हो त? भन्दा युधिष्ठिरजी महाराजले
बताउनुभयो–
सनातनोऽमृतो धर्मो। महाभारत वनपर्व ३१३–६६
अर्थात् सनातन धर्म अमृत हो। अमृत भन्नाले? अमृतको अनेक अर्थ हुन सक्छ। एउटा त अमृतको
अर्थ दूध पनि हो। अर्को अमृतको अर्थ स्वर्गमा हुने अमृत हो, जसले मरेकाहरूलाई पनि जीवित गरिदिन्छ। र, अर्को अमृतको अर्थ हो– आनन्द। र
सनातन धर्म हो– आनन्द। आनन्द चाहनु।
जुन मैले अगि भूमिकामा पनि बताएँ, हामी सबै आनन्द चाहन्छौँ। यसमा कुनै पनि अपवाद छैन। एरिस्टोटल भन्छन्–
For we choose happiness for itself, and never with a view to
anything further; whereas we choose honor, pleasure, and intellect . . .
because we believe that through them, we shall be made happy. Aristotle
अर्थात् हामी सुख, सुखकै
निम्ति चाहन्छौँ। र सुखबाहेक कसैले केही चाहन्छु भन्छ भने त्यो पनि सुखकै निम्ति
चाहन्छ। जस्तै एउटा हामीले सराबीलाई सोध्यौँ, ‘‘तिमी किन
पिउन चाहन्छौ?’’
‘‘सुखको निम्ति।’’
‘‘धन किन चाहन्छौ?’’
‘‘धन भयो भने अनेक सामानहरू जोड्न सक्छु।’’
‘‘ती सामान किन चाहन्छौ?’’
‘‘ती सामानबाट मलाई सुख मिल्छ।’’
‘‘सुख किन चाहन्छौ?’’
अब उत्तर छैन। अर्थात् हरेक व्यक्ति कसैले नसिकाइकन नपढाइकन केवल
आनन्द चाहन्छ।
त्यसैले पहिलो यो जुन हाम्रो आनन्द चाहनु हो, ‘‘म आजभन्दा पाँच बर्ष अगाडिदेखि आनन्द चाहन्थें, पाँच बर्षभन्दा पहिले चाहिँ म दुख चाहन्थें।’’ यस्तो त होइन। अर्थात्
अनादिकालदेखि प्रत्यक जीव आनन्द नै चाहन्छ। त्यसैले पहिलो शर्तमा पास भयौँ हामी।
दोस्रो– अपरिवर्तनशील। र ‘‘तिमी आनन्द चाहन्छौ। त्यो
आनन्द चाहने जुन तिम्रो धर्म हो, त्यसलाई
छोड्देऊ। अर्को धर्म अपनाऊ।’’ कसैले पनि परिवर्तन गर्न सक्दैन।
तेस्रो– स्वाभाविक। आनन्द चाहनको लागि कसैले सिकाउनु
पर्दैन नि। हामीलाई पनि हाम्रो बुबाआमाले सिकाउनु भएन– ‘‘अँ, छोरा! या छोरी! आनन्द चाहनुपर्छ, जीवनमा। फेरि तैंले दुख चाहलास्।’’ कसैले पनि सिकाएनन्। तेस्रो।
चौँथो– सर्वत्र। चाहे नेपाली होस्, अमेरिकन होस्, चोर होस्, पुलिस् होस्, विद्वान् होस्, मुर्ख होस्, धनी होस्, गरीब होस्, कुनै पनि वादलाई मान्ने व्यक्ति होस्, सब
त आनन्द नै चाहन्छन्।
त्यसैले सनातन धर्म भनेको आनन्द चाहनु हो। र कस्तो आनन्द चाहनु? त्यो अनन्त मात्राको सुख चाहनु, प्रतिक्षण बढ्दै जाने सुख चाहुन, सधैँ
रहिरहने सुख चाहनु– यो सबैको स्वाभाविक, सनातन धर्म
हो। अब यसमा अन्तर छ कि कोही केहीबाट आनन्द छ भन्ने ठानेर त्यसको निम्ति प्रयत्न
गर्छ। अर्को व्यक्ति अर्कै चिजबाट आनन्द मिल्छ भन्ने ठानेर त्यतैतिर प्रयत्न गर्छ।
यो अज्ञानता सबैमा छ। तर जुन धर्म हो, स्वाभाविक
धर्म, त्यो सबैको एक मात्र धर्म हो– आनन्द चाहनु।
यही सनातन धर्म हो।
५. प्रस्तोता– अहिलेचाहिँ के देखिन्छ एउटा
भन्दाखेरि एउटा सायद हामीजस्ता मान्छेहरूमा भ्रम पनि हुन सक्छ त्यो, त्यसलाई स्वामीजीले खण्डन गरिदिनुहोला। जस्तै पैसा हुने व्यक्ति चाहिँ सुखी जस्तो देखिन्छ के अहिले।
त्यसले विलासिता सम्बन्धि साधनहरू खरिद गर्न सकिन्छ र त्योबाट आनन्द प्राप्त गर्न
सकिने रहेछ भनेपछि पैसा इज इक्यल टु (बराबर) आनन्द। अनि पैसा नहुने गरिबहरू अथवा
जो हुँदाखाँदा खाले व्यक्तिहरू हुन्छन् नि, तिनीहरू
चाहिँ पैसासँगै..., पैसा नभएरै गरिब भएको, दुःखी भएको देखिन्छ के। र पैसा र यो आनन्दको काहिँ कनेक्टेड (सम्बन्धित) छ
जस्तो यहाँलाई कि लाग्दैन खास? अथवा यसमा प्रकाश
पारिदिनु न हामीलाई।
स्वामीजी– यस्तो हो हेर्नुस्! पैसा सुख पनि होइन। यदि मानिलिनुहोस्, पैसा नै परम लक्ष्य भएको भए व्यक्तिले पैसा
खर्च गर्दैनथ्यो। ध्यान दिनुहोस् है। पैसा एउटा साधन हो। पैसाद्वारा अरू विभिन्न
वस्तु आउँछ, त्यो वस्तुद्वारा सुख मिल्छ। यो हो नि त।
लक्ष्य त सुख हो। माध्यम पैसा छ। अहिले पैसा भयो भने भौतिक सामानहरू निकै जोड मतलब
भोग गर्न मिल्छ। त्यसबाट सुख मिल्छ भन्ने प्रायःलाई लाग्छ र यो लाग्नु स्वाभाविक
हो। किन स्वाभाविक हो भने हाम्रो जुन चेतनाको स्तर। हरेक व्यक्तिले आफ्नो चेतनाको
स्तर अनुसार नै सोच्दछ, डिसिजन (निर्णय) लिन्छ, कार्य गर्छ। हैन? हाम्रो अहिलेको चेतनाको स्तर
के छ भने हामीले आँफूले आँफूलाई शरीर ठानेका छौँ।
जस्तो परिचय दिँदाखेरि पनि पहिला हामी के भन्छौँ? मेरो नाम हो भन्छौँ। नाम त ‘मेरो नाम’ हो,
‘म’ त नाम होइन। जे मेरो हो त्यो म हुन सक्दैन। यो अहिले मैले
दर्शनशास्त्रको कुरा गर्दैछु, जटिल हो, तर म सरल ढङ्गले सम्झाउँदैछु। जे मेरो हो, त्यो
म होइन। अर्थात् नाम ‘मेरो नाम’ हो यसको मतलब ‘म’ नामभन्दा भिन्न अर्को एउटा केही
वस्तु हुँ नि त। जस्तै हामी मेरो घर भन्छौँ, घर त म
होइन। त्यो त मेरो हो। त्यसैगरी मेरो आँखा, मेरो नाक, मेरो कान, मेरो शरीर अर्थात् म न त आँखा हुँ, न कान हुँ, न शरीर हुँ। त्यसैले वास्तवमा म यो
शरीर होइन। तर हामीले अहिले के मानेका छौँ भने, म अहिले
यही शरीर, इन्द्रिय या जे जे यो संरचनाको एउटा संयोजन
हो, त्यसलाई म ठानिरहेका छौँ। त्यसले गर्दा के हुन्छ
भने यो शरीरसँग सम्बन्धित विषयलाई मेरो ठान्दछौँ।
जस्तै आँफूलाई मैले शरीर मानेकोले यो शरीरको पितालाई मैले पिता
मान्दछु, मेरो। यो शरीरको मातालाई मेरो माता मान्दछु र
यो शरीरलाई शारीरिक जुन सुख हो जे–जेले प्रदान गर्छ त्यसमा मैले सुख मानेको छु। तर
जब हामी चिन्तन मनन गर्छौँ त्यसपछि यो निश्चयमा पुग्छौँ कि वास्तवमा यो शरीर म
होइन। म त एउटा चेतन नित्य तत्त्व हुँ, आत्मा हुँ।
त्यसपछि आत्माको जो पिता हुनुहुन्छ– भगवान्, उहाँलाई हामी
बल्ल मेरो पिता मान्छौँ। आत्माको जो माता हुनुहुन्छ– भगवान्, उहाँलाई बल्ल मेरो माता मान्छौं। त्यसैले त एउटा सबैले सुनेको श्लोक छ–
त्वमेव माता च पिता त्वमेव त्वमेव सर्वं मम देव देव॥ नारायण हृदयम्
१०
‘नारायण हृदयम्’को मन्त्र हो यो। अर्थात्, उहाँ नै, भगवान् नै माता हुनुहुन्छ। भगवान् नै
पिता हुनुहुन्छ। भगवान् नै सबथोक हुनुहुन्छ। यो शरीरको होइन, आत्माको। त्यसैले त्यो चेतनाको स्तरमा नपुगेको कारणले गर्दा वर्तमान
चेतनाको अवस्थामा आँफूलाई शरीर मानेको भएर शरीरलाई जे जे विषयबाट सुख प्राप्त
हुन्छ, ती विषयमा आनन्द मानेको भएर र ती विषयहरूलाई
प्रदान गर्ने सबैभन्दा शक्तिशाली साधन पैसा भनेर जानेको भएर अनि पैसाप्रति हाम्रो
आशक्ति हो। कुरा बुझ्नुभयो नि! र जब हाम्रो यो जुन चेतनाको स्थितिमा बदलाव आउँछ, चाहे साधना गरेर होस् या गुरुको कृपाले होस्, कुनै
पनि उपायद्वारा यदि चेतनाको स्तरमा परिवर्तन आउनसाथ फेरि हाम्रो प्रायोरिटि
(प्राथमिकता) आफसेआफ चेन्ज (परिवर्तन) हुन्छ।
तर वर्तमान जुन हाम्रो आम व्यक्तिको चेतना हो, त्यस अनुसार सुख संसारमा छ, संसारी विषयमा छ। त्यो विषयलाई प्रदान गर्ने साधन पैसा भएको कारणले गर्दा
व्यक्तिहरू पैसाको निम्ति मरिहत्ते गर्छन्। एक अर्कालाई मार्न पनि तयार हुन्छन्।
आफ्नो जति पनि मान्यता छ, ती सबै मान्यतालाई तिलाञ्जलि
पनि दिन्छन्, पैसाको अगाडि नतमष्तक हुन्छन्। यो हामीले
देखकै हो।
प्रस्तोता– यो सत्य हो अहिलेको समयमा।
स्वामीजी– सत्य हो।
६. प्रस्तोता– स्वामीजीलाई अर्को प्रश्न के
भन्दाखेरि, स्वामीजीले हामीलाई आफ्नो परिचयको क्रममा र पछि कुरा गर्ने क्रममा
भन्नुभयो विज्ञानको विद्यार्थी थिएँ म, पछि
व्यवस्थापनको विद्यार्थी भएँ र पछि अध्यात्ममा लागेँ भन्नुभयो होइन?
स्वामीजी– हजुर।
प्रस्तोता– जस्तै त्यो विज्ञानको विद्यार्थी
हुँदै गर्दाखेरि, त्यो त फरक पाटो छ नि। जस्तै विज्ञानले त अध्यात्मलाई अलिकति स्वीकार नगरेको
अवस्था देखिन्छ। किनकि त फिजिक्स भौतिक शास्त्र भयो, यो
अध्यात्म भयो हैन। जस्तै त्यहाँबाट यहाँसम्म चाहिँ कसरी आउनुभयो? जस्तै त्यो यात्रा कस्तो रह्यो? जस्तै
विज्ञानबाट भौतिक शास्त्रको विद्यार्थी, व्यवस्थापनको
विद्यार्थी अध्यात्मतर्फ कसरी आकर्षित हुनुभयो?
स्वामीजी– यस्तो हो। अब, विज्ञानको र अध्यात्मवादको एक प्रकारले झगडा छ, भौतिकवाद र अध्यात्मवादको बीचमा एकप्रकारले द्वन्द्व छ।
प्रस्तोता– एकले अर्कालाई न स्वीकारेको अवस्था
छ।
स्वामीजी– जस्तै भौतिकवादीहरूको मत अनुसार यो
जति पनि संसार हो, यही परमसत्य हो, जे जे छ यही नै हो।
अध्यात्मवाद बेकारको चिज हो, अन्धविश्वास हो, रुढिवाद हो। यो उनीहरू आक्षेप लगाउँछन्, भौतिकवादीहरू।
अध्यात्मवादीहरू भौतिकवाद बेकारको हो। परमलक्ष्य या परमशान्ति त अध्यात्मबाट नै
मिल्छ, यो भन्छन्।
तर वास्तवमा दुवैको समन्वय जरुरी छ। किनकि हामी शरीर पनि हौं। मेरो
शरीर छ, मसँग एउटा शरीर छ। त्यो त भौतिक वस्तुहरूबाट
नै बनेको हो। त्यसैगरी म आत्मा हुँ। शरीरको निम्ति भौतिकवाद आवश्यक पर्छ। भोजन
गर्नै पर्छ चाहे कोही सन्त नै किन नहोस्। यही संसारमा नै रहनुपर्छ। यसैको हावा
लिनुपर्छ। यसैको पानी पिउनुपर्छ। त्यसैले भौतिकवाद पनि आवश्यक छ। र अध्यात्मवाद
पनि आवश्यक छ। किनकि केवल भौतिक उन्नतिद्वारा व्यक्तिहरूले भित्री शान्ति, भित्री सुखको महसुस नै गर्न सक्दैनन्। हामी विकसित देशहरू अमेरिका
इत्यादिलाई हेर्यौँ भने त्यहाँ मानसिक रोगीहरूको सङ्ख्या हाम्रो नेपालमाभन्दा पनि
बढी छ। त्यहाँ व्यक्तिहरू अशान्त छन्, डिप्रेशनमा छन्।
त्यहाँपनि व्यक्तिहरूमा भय छ, डर छ, त्रास छ, ईर्ष्या छ। यदि भौतिक विकाशबाट नै सुख
शान्ति मिल्ने भएको भए त्यहाँका व्यक्तिहरू त एकदम परमसुखी हुनु पर्ने।
त्यसैले अध्यात्मवादको पनि आवश्यकता पर्छ र भौतिकवादको पनि
आवश्यकता पर्छ र हाम्रो सनातन धर्ममा दुवैको स्थान छ। अन्य जुन जस्तो क्रिस्चियन
धर्म हुन् या इस्लाम धर्म, त्यसको इतिहास हामीले हेर्यौँ भने इतिहास कालखण्डमा कुनै बेला चर्चको
साम्राज्य थियो। त्यतिबेला कुनै वैज्ञानिकले सूर्यको बारेमा, पृथ्विको बारेमा उनीहरूको एकआपसमा यसरी घुम्छ भनेर जुन बाइबलको एगेन्स्टमा
(विरुद्ध) कसैले बोल्यो भने उनीहरूलाई मृत्युदन्ड पनि दिइयो। अर्थात् भौतिकवादले
आध्यात्मिक सत्ता भइन्जेल स्थान पाएन। र अहिले भौतिकवादको सत्ता छ, त्यसैले अध्यात्मको स्थान छैन। तर हाम्रो सनातन धर्ममा पहिल्यैदेखि नै
अध्यात्मवादको पनि, भौतिकवादको पनि समान स्थान छ।
हाम्रोमा त भौतिकवादको सबैभन्दा टप फिलोसोफी (श्रेष्ठ दर्शन) चार्वाक दर्शनलाई
दर्शनको स्थानमा राखेर एउटा आदर गरिन्छ।
त्यसैले दुवैको स्थान छ। र म सौभाग्यशाली यस अर्थमा भएँ कि मैले
भौतिकशास्त्रको एउटा कलेज लाइफमा पनि अध्ययन गरेँ। त्यसबाट चाहिँ मलाई के फाइदा
भयो भने यो भौतिकवादमा जुन हामी फिजिक्स् (भौतिकशास्त्र) या साइन्स (विज्ञान)
भन्छौँ, त्यो साइन्स (विज्ञान) कतिपय विषयहरूमा अहिले
पनि असाध्यै अपूर्ण र खोक्लो छ।
जस्तै यो सम्पूर्ण संसारको सृष्टि कसरी भयो? अनेक प्रकारका ग्रहहरू, यो पृथ्वी कसरी बन्यो? जीवनको उत्पत्ति कसरी
भयो? मनुष्य कसरी उत्पन्न भए? हाम्रो यो मानव सभ्यताको गन्तव्य के हुनुपर्छ? हामी
के चाहन्छौँ? यी विषयहरूका बारेमा चाहे साइन्स (विज्ञान)
भनौँ या फिजिक्स (भौतिकशास्त्र) भनौँ, त्यो असाध्यै
अपूर्ण छ। तर यिनै प्रश्नहरू लिएर जब मैले अध्यात्मवादमा रिसर्च (अनुसन्धान) गरेँ, पढेँ, खोजी गरेँ त्यहाँ यसको जुन उत्तर छ, या यसलाई जसरी सम्बोधन गरिएको छ, त्यो असाध्यै
वैज्ञानिक छ, साइन्टिफिक छ। त्यसैले विज्ञान विषय पढेको
हुनाले यो जुन डिफिरेन्स (भिन्नता) हो, यो म अनुभव गर्न
सक्छु। यदि त्यसको अध्ययन नगरेको भए मलाई यो डाउट (सन्देह) हुन सक्थ्यो कि के थाहा
साइन्स(विज्ञान)सँग बेटर एन्सर (राम्रो उत्तर) छ कि? कुनै
पनि टोपिक (विषय)मा निष्कर्षमा पुग्नलाई त दुवै पक्षको कुरा सुन्यो भने बल्ल एउटा
डिसिजन (निर्णय), पक्का डिसिजन हुन्छ।
त्यसैले आँफूलाई म सौभाग्यशाली पनि ठान्छु कि मैले साइन्स
(विज्ञान) पढेको थिएँ कुनै बेला, त्यसले गर्दा जे मैले अहिले निश्चय गरेको छु, त्यो
अन्तिम निश्चय हो।
७. प्रस्तोता– जस्तै यहाँले भर्खरै भन्नुभयो, मैले भौतिक पनि पढेँ, भौतिकशास्त्र पनि पढेँ, र अध्यात्म पनि अध्ययन गर्न पाएकाले मैले एउटा इभ्यालुएन गरेर डिसिजन लिएँ भन्नुभयो होइन स्वामीज्यू। जस्तै विज्ञानले त यो जस्तै यो कसरी क्रियसन (सृष्टि) भयो भन्ने खालको एन्सर (उत्तर) दिन सकेको छैन। जस्तै स्वामीज्यूले न अध्ययन गर्नभएको छ अध्यात्मको। त्यसमा विभिन्न वेदहरूको लगायत विभिन्न कुराहरूको अध्ययन गर्नुभएको छ नि। अध्यात्मले चाहिँ कसरी यो सृष्टि सृजना भयो भन्छ त?
स्वामीजी– यस्तो हुन्छ। जस्तो। पहिला साइन्सकै थोरै भूमिका बाँधौं। साइन्टिस्टहरूको
दुई–तीनवटा मतहरू छन्। एकथरी वैज्ञानिकहरू यो भन्छन् यो जुन
सृष्टि हो जसरी अहिले चलिरहेको छ यसैगरी अनादिकालदेखि थियो, सधैँ यसैगरी रहिरहन्छ। यो एउटा मत छ।
अरु वैज्ञानिकहरू हैन, त्यसरी हैन, एकदिन सुरु भएको थियो। एउटा बिग
व्याङ्ग, महाविस्फोट भयो। त्यही महाविस्फोटबाट नै यो
संसारको सृजना भयो। यो उनीहरूको धारणा छ। यो बिग व्याङ्ग थियोरी अहिले सबैभन्दा
बढी प्रकाशित गरिएको, मतलब पब्लिसिटि (प्रचार) पाएको थियोरी यही हो, बिग व्याङ्ग थियोरी।
यो भयो वैज्ञानिकहरूको धारणा। तर यसमा समस्या के छ...। यी दुवै चिजमा समस्या छ। म हजुरलाई बताइदिन्छु।
जस्तै पहिलो एउटा अपसन(धारणा) जुन
थियो, यो संसार यस्तै थियो, यस्तै
छ र यस्तै रहिरहने छ। यो अपसन यसकारणले सही हुन सक्दैन किनकि संसार परिवर्तनशील
हो। जसरी मानिलिनुस् मैले मेरो शरीरमा परिवर्तन देखेको छु नि। म कुनै बेला सानो
थिएँ। युवा अवस्थामा छु अहिले, अब अर्को व्यक्तिलाई पनि
मैले देखेको छु, अर्को वृद्ध भयो। यसलाई भनिन्छ परिणामी
या विकारी या परिवर्तनशील। संसार शब्दको अर्थ नै हो–
संसरत्यस्मादिति संसारः। गच्छतीति जगत्। शब्दकल्पद्रुम
अर्थात जे परिवर्तनशील छ, चलिरहन्छ, गतिशील छ त्यसैको नाम संसार हो। र
हाम्रो तर्क सङ्ग्रहमा अर्थात् तर्कशास्त्रमा एउटा स्थापित सिद्धान्त के हो भने जे
परिवर्तनशील छ, त्यो नित्य रहन सक्दैन।
जस्तै कुनै पनि व्यक्तिले म अमर हुन सक्छु भनेर भन्छ र? जब कि कसैले पनि देखेको छैन। जबसम्म हाम्रो
मृत्यु आउँदैन, तबसम्म त मेरो मृत्युलाई मैले देख्न, अनुभव गर्न त सक्दिनँ। अर्को मर्यो होला रे! अरबौँ
मध्ये म अमर हुन सक्छु नि भनेर कसैले भन्छ र? भन्दैन।
किन भन्दैनौँ हामी? किन हामी भित्रबाट यो ठान्दछौँ कि म
एकदिन न एकदिन मर्छु? किनकि हामी परिवर्तनशील छौँ।
त्यसैले कुनै पनि परिवर्तनशील वस्तु सधैँ रहिरहन सक्दैन। जस्तै, एउटा घर लिऔँ। घर परिवर्तनशील छ। अब तुरुन्तै हामी देख्दैनौं। आजको भोलि
नै कुनै परिवर्तन देख्दैनौँ। १० बर्ष, १५ बर्षमा हामी
परिवर्तन देख्छौँ। त्यसैले परिवर्तनशील वस्तुलाई देख्नासाथ त्यो एकदिन बन्यो, केही समय रहन्छ, एकदिन नष्ट हुन्छ। यो हाम्रो
फिलोसफी (सिद्धान्त) हो।
चाहे त्यो गाडी होस् या हामी फलामलाई लिऔँ, फलाम पनि
परिवर्नशील हुन्छ। त्यसैले एकदिन बन्छ, केही समय रहन्छ, समाप्त हुन्छ। आकाशको तारालाई लिऔँ। त्यसबाट किरणहरू निस्कन्छन्, अर्थात् परिवर्तन हुन्छ। त्यो परिवर्तनशील वस्तु एकदिन बन्छ, केही समय रहन्छ, समाप्त हुन्छ। त्यसैले संसार
पनि परिवर्तनशील भएकोले एकदिन बन्नु पर्छ, केही समय
रहन्छ, अनि समाप्त हुन्छ।
त्यसैले जुन वैज्ञानिकहरूको पहिलो तर्क एउटा अपिनियन (धारणा) थियो, त्यो यहीँ फेल (असिद्ध) हुन्छ। दोस्रो, जुन बिग व्याङ्ग थियोरीको
कन्सेप्ट (अवधारणा) हो, यसले एकदिन बन्यो भनेर त भन्छ तर अर्को एउटा... यो साइन्टिस्टहरू पनि मान्छन् र हाम्रो सनातन धर्ममा पनि छ।
कारणेन विना कार्यं न कदाचन विद्यते। योगशिखोपनिषद् १–३७
अर्थात्, कुनै पनि कारणबिना कार्य हुनै सक्दैन। जस्तै, भुईँचालो
गयो रे। अँ, यसै गयो होला भनेर कसैले भन्छ र? भन्दैन नि। यसको कारणको खोजी गर्छन्, व्यक्तिहरू।
वैज्ञानिकहरू पनि गर्छन्। त्यसैले ठिक छ, महाविस्फोट त
भयो रे! किन भयो त? किन
त्यति नै बेला भयो? आजसम्म नभएर, आज भएको भए हुन्थ्यो। अथवा त्योभन्दा अरू १५ अरब वर्ष आगाडि भएको भए
हुन्थ्यो। त्यतिखेरै किन भयो र केका निम्ति भयो? प्रयोजन
बिनाको पनि कुनै कार्य हुँदैन। यस्ता कैयौँ प्रश्नहरू शुरुवातमा नै त्यही सन्दर्भमा
वैज्ञानिकहरू दिन सक्दैनन्। महाविष्फोट, जुन बिग
व्याङ्ग भयो, किन भयो? केका लागि भयो? र त्यतिखेरै किन भयो? यसको उत्तर छैन एक। र दोस्रो कुरा के हो भने यदि वैज्ञानिकहरूले भनून् कि ‘यो नेचरले आफसेआफ गर्यो; प्रकृतिको कुरा हो’ भने यहाँनेरि पनि वैशेषिक मत अनुसार यो खण्डन हुन्छ। किनकि वैशेषिक मतका
अनुयायीहरूका अनुसार कुनै पनि कार्य हुनको निम्ति ६ वटा चिज चाहिन्छ।
जस्तै एउटा घैँटो बनउन पर्यो, सपोज। यो त हामी सबले देखेका छौं। घैँटो बनाउनको लागि सबैभन्दा पहिला
कुमाले चाहिन्छ नि। हैन र? बिना कुमाले त घैँटो बन्दैन।
तर कोही कुमाले छ, तर कुमाले मात्रै भएर घैँटो बन्छ र? बन्दैन। उसँग ज्ञानपनि हुन पर्यो त्यसको निम्ति। अब ज्ञान छ कुमालेको, तर उसको इच्छै छैन भने त बन्दैन नि। ह्वाँ, बसिराछ
मजाले। त्यसैले इच्छा हुन पर्यो, तेस्रो। अँ, उसले भनोस् अँ मेरो इच्छा छ बनाउनको लागि। मेरो इच्छा छ भनेर उही जय
भोलिको सिद्धान्त अपनायो भने पनि भएन। इच्छा त छ, तर
सङ्कल्प चाहियो। त्यसपछि फेरि चेष्टा चाहियो। त्यसपछि कार्य सम्पादन भयो। यी ६ वटा
चिज मिल्यो भने बल्ल एउटा घैँटो हुन सक्छ।
त्यसैले यदि नेचरले नै बनायो भनेर यो सृष्टिलाई हामीले ठान्यौँ भने
त्यो नेचर त जड चिज हो। जड चिजमा ज्ञान, चेतना इत्यादि त हुँदैन। त्यसैले त्यो ज्ञान, चेतना, त्यो ऐश्वर्य, त्यो सामर्थ्य नेचरमा कहाँबाट आयो? उनीहरूले यदि अँ त्यो नेचरमा सबै चिज छ भनेर भन्छन् भने फेरि त्यो नेचर र
भगवान्को बीचमा त कुनै भेद नै छैन। हामी पनि त त्यही भगवान्, त्यही त्यही गुण भएकोलाई त भगवान मान्दछौं। जसरी अहिले ‘श्रीकृष्णाय नमः’ ‘राम रामाय नमः’ भन्छौँ, त्यसैगरी ‘नेचराय
नमः’ भन्दिन्छौँ हामी। हुन्न। जे एउटा शक्ति थियो त्यो
शक्तिलाई प्रकट गरिदिनु हुन्छ। अर्थात् प्रलय हुनुपूर्व जस्तो संसार थियो त्यस्तै
संसार भगवान्ले प्रकट गर्नुहुन्छ। र भगवान्सँग त्यो सामर्थ्य छ। किनकि संसार
बनाउनको लागि एउटा चेतन तत्त्व त चाहिँन्छ। जड तत्त्वले बनाउन सक्दैन। अब चेतन त, हामी पनि चेतन हौँ। तर हामीमा त्यो सामर्थ्य छैन। जुन अगि कुमालेमा ज्ञान
शक्ति नभएको जस्तो। हामी त यो संसारलाई बुझ्न पनि सकिरहेका छैनौँ। हामीले यो संसार
बनाउन त सक्दैनौँ। त्यसैले संसार बनाउनको निम्ति महाचेतन भगवान् अवश्यक पर्छ र
भगवान्ले यो सृष्टि कसरी गर्नुहुन्छ? यसको एउटा लामो
व्याख्या छ हाम्रो शास्त्रमा।
प्रकृति माथि भगवान्ले दृष्टिपात गर्नुहुन्छ। प्रकृतिबाट महान्
बन्छ। महान्बाट अहंकार बन्छ। अहंकारबाट पञ्चतन्मात्रा बन्छ। पञ्चतन्मात्राबाट
पञ्चमहाभूत बन्छ– पृथ्वि, जल, तेज, वायु, आकाश। त्यो भनेको यो अर्थ, वाटर होइन। यो भनेको असाध्यै सूक्ष्म तत्त्व हो जसबाट जुन अहिले वैज्ञानिकहरू
इलिमेन्टस्हरू भन्छन् अथवा इलेक्ट्रोन, प्रोटोनको कुरा
गर्छन्, ती त्यसबाट बनेका हुन्छन्। त्यसैले यस प्रकारले
प्रकृति, महान्, अहंकार, पञ्चतन्मात्रा, पञ्चमहाभूत हुँदै हुँदै फेरि
सृष्टिको वर्णन शास्त्रमा छ।
त्यसैले भौतिक जुन वैज्ञानिकहरू हुन्, उनीहरूको यो संसार कसरी बन्यो भन्ने जेजति
सिद्धान्तहरू छन् यो मैले असाध्यै सङ्क्षिप्तमा खण्डन गरे यहाँ। त्यसो त यसको
बिस्तार गर्न थालेँ भने धेरै ठुलो हुन्छ।
अब भगवान्ले कसरी बनाउनु भयो त? जुन हजुरको मूल प्रश्न थियो। अघि हजुरले सोध्नुभएको थियो, वेदशास्त्र हजुरले पढ्नुभएको छ, भगवान्ले यो
संसार कसरी बनाउनुभयो?
हेर्नुस्! भगवान्ले नयाँ बनाउनु भएको होइन। यो बुझ्नुपर्ने एउटा कुरा के हो भने...। किनकि, हामीले ल अफ कस्जर्भेसन अफ इनर्जी (ऊर्जा संरक्षणको सिद्धान्त) पनि सबैले पढकै छौँ, सुनेकै छौँ। भगवान्ले कुनै नयाँ संसार बनाउनु हुन्न। जे एउटा शक्ति थियो
त्यो शक्तिलाई प्रकट गरिदिनु हुन्छ। अर्थात् प्रलय हुनुपूर्व जस्तो संसार थियो
त्यस्तै संसार भगवान्ले प्रकट गर्नुहुन्छ। र भगवान्सँग त्यो सामर्थ्य छ। किनकि
संसार बनाउनको लागि एउटा चेतन तत्त्व त चाहिँन्छ। जड तत्त्वले बनाउन सक्दैन। अब
चेतन त, हामी पनि चेतन हौँ। तर हामीमा त्यो सामर्थ्य
छैन। जुन अगि कुमालेमा ज्ञान शक्ति नभएको जस्तो। हामी त यो संसारलाई बुझ्न पनि
सकिरहेका छैनौँ। हामीले यो संसार बनाउन त सक्दैनौँ। त्यसैले संसार बनाउनको निम्ति
महाचेतन भगवान् अवश्यक पर्छ र भगवान्ले यो सृष्टि कसरी गर्नुहुन्छ? यसको एउटा लामो व्याख्या छ हाम्रो शास्त्रमा।
प्रकृति माथि भगवान्ले दृष्टिपात गर्नुहुन्छ। प्रकृतिबाट महान्
बन्छ। महान्बाट अहंकार बन्छ। अहंकारबाट पञ्चतन्मात्रा बन्छ। पञ्चतन्मात्राबाट
पञ्चमहाभूत बन्छ– पृथ्वि, जल, तेज, वायु, आकाश। त्यो भनेको यो अर्थ, वाटर होइन। यो
भनेको असाध्यै सूक्ष्म तत्त्व हो जसबाट जुन अहिले वैज्ञानिकहरू इलिमेन्टस्हरू
भन्छन् अथवा इलेक्ट्रोन, प्रोटोनको कुरा गर्छन्, ती त्यसबाट बनेका हुन्छन्। त्यसैले यस प्रकारले प्रकृति, महान्, अहंकार, पञ्चतन्मात्रा, पञ्चमहाभूत हुँदै हुँदै
फेरि सृष्टिको वर्णन शास्त्रमा छ।
८. प्रस्तोता– धन्यवाद स्वामीज्यू! अहिलेको जस्तै हजुरले भगवान् भन्दै गर्दा चाहिँ अहिले एउटा वर्गले चाहिँ के भन्दाखेरि भगवान् छन् त? भन्ने खालको यो प्रश्न पनि यहाँ खडा हुन्छ। जस्तै स्वामीज्यूले यसमा भन्दिनुपर्यो भगवान छन् त साँच्चिकै?
स्वामीजी– अब यो हेर्नुहोस्, यसको प्रश्न (उत्तर) अलग अलग स्तरमा हाम्रो शास्त्रमा
प्राप्त छ। कुनै पनि चिज यदि हामी नर्सरीकै बच्चालाई सम्झाउनु पर्यो, चन्द्रमा कति ठुलो छ त? भन्दा हामी हात फैलाएर
सानो बालकलाई यति ठुलो छ भन्छौँ नि, यस प्रकारको
व्याख्या पनि छ। अथवा कुनै अलि हुर्केको बालक छ भने उसलाई अर्कै ढङ्गले बताइन्छ र
कुनै साइन्स् कै स्टुडेन्ट (विज्ञानकै विद्यार्थी) छ भने उसलाई अर्कै प्रकारले बताइन्छ। त्यसैले भगवान् हुनुहुन्छ त भन्दा
खेरि अब यो, यसलाई यति सजिलै ‘अँ हुनुहुन्छ’ भन्नु यो पनि सान्दर्भिक होइन।
किनकि त्यति सजिलै अर्को व्यक्तिले पनि हुनुहुन्न भन्दिन सक्छ। जसरी मैले सजिलै अँ
हुनुहुन्छ भन्छु त्यसैगरी अर्काले अँ हुनुहुन्न भन्न सक्छ। उसले तर्क दिन सक्छ– भएको भए त देखिन्थ्यो। हैन, जसले पनि भन्न सक्छ।
हेर्नुस्! अब यसको उत्तर यसरी बुझ्न सक्छौँ कि भगवान् हुनुहुन्छ तर हामी प्रत्यक्ष
रूपमा अनुभव गर्न सक्दैनौँ। किनकि हाम्रो जुन ज्ञान प्राप्त गर्नको निम्ति अथवा
अनुभव गर्नको निम्ति जेजे साधनहरू हुन्, जसरी हामीसँग
साधन के छन्? तीनवटा त छन्। एउटा इन्द्रिय छ– आँखा, कान, नाक
इत्यादि, अर्को मन छ हामीसँग सोच्नको लागि, अर्को बुद्धि छ डिसिजन गर्नको लागि। यिनै तीनवटा चिजद्वारा, यन्त्रद्वारा, साधनद्वारा हामी कुनै पनि विषयको
ज्ञान प्राप्त गर्छौँ। हैन?
संसारी विषयको ज्ञान प्राप्त गर्नुपर्यो भनेपनि पहिला आँखाले
हेर्छौँ, मनले सोच्छ यो हरियो छ कि निलो छ, बुद्धिले डिसिजन दिन्छ यो निलो छ। यस प्रकारले ज्ञान आर्जन गर्छौँ।
त्यसैगरी अब भगवान्सँग सम्बन्धित ज्ञान यस प्रकारले हामी आर्जन गर्न सक्दैनौँ। किन? किनकि वेद भन्दछ–
इन्द्रियेभ्यः परा ह्यर्था अर्थेभ्यश्च परं मनः।
मनसस्तु परा बुद्धिर्बुद्धेरात्मा महान् परः॥ कठोपनिषद् १–३–१०
महतः परमव्यक्तमव्यक्तात् पुरुषः परः।
पुरुषान्न परं किञ्चित् सा काष्ठा सा परा गतिः॥ कठोपनिषद् १–३–११
अर्थात् भगवान् इन्द्रिय–मन–बुद्धिभन्दा पर हुनुहुन्छ। त्यसैले हामी अनुभव
गर्न सक्दैनौँ। त्यसैले अब हुनुहुन्छ कि हुनुहुन्न कसरी सिद्ध गर्न सक्छौँ त? भन्दा देखेर सिद्ध गर्न सक्दैनौँ, सुनेर सिद्ध
गर्न सक्दैनौँ। तर तर्कद्वारा सिद्ध गर्न सक्छौँ, तर्कद्वारा।
तर्कद्वारा कसरी सिद्ध गरिएको छ? न्याय दर्शनमा, पातञ्जल
दर्शनमा, योग दर्शनमा, वैशेषिक
दर्शनमा, साङ्ख्य दर्शनमा यसको बारेमा विशद वर्णन छ, भगवान्को अस्तित्वलाई लिएर। जस्तै न्यायदर्शनले आठवटा तर्क दिएको छ भगवान्
हुनुको पछाडि र एउटा तर्क हो– ‘कार्यात्’। अर्थात् यो जगतरूपी कार्यलाई देखेर यसलाई बनाउनेवाला कोही हुनुपर्छ, त्यो भगवान् हुनुहुन्छ।
जस्तै अगि हामीले चर्चा गर्यौँ नि। एउटा घैँटोलाई देख्नासाथ हामी
के अनुमान गर्न सक्छौँ भने यो घैँटो बनाउनेवाला कोही छ। त्यसलाई हामीले देखिरहनु
पर्छ र? पर्दैन नि। अहिले हामीले यो स्टुडियो
देख्यौँ। स्टुडियो देख्नासाथ अँ एउटा कार्पेन्टर (सिकर्मी)ले काम गरेको थियो, एउटा इलेक्ट्रिसिएनले काम
गरेको थियो, यो त हामी अनुमान गर्न सक्छौँ। त्यो
इलेक्ट्रिसिएन या कार्पेन्टरलाई नदेखेपनि उनको अस्तित्व हामी सिद्ध गर्न सक्छौँ नि
यो कार्यलाई देखेर।
त्यसैले जगत्-रूपी कार्यलाई देखेर त्यसको कर्ता भगवान् हुनुहुन्छ यो हामी सिद्ध गर्न
सक्छौँ। यसैगरी अनेक तर्कहरूद्वारा न्यायदर्शनमा भगवान्को अस्तित्व सिद्ध गरिएको
छ। अब विषय विस्तार होला, फेरि त्यो भयले गर्दा सबै
तर्कहरू यहाँ चर्चा गर्न सम्भव छैन। तर यदि कसैलाई इच्छा छ भने, उहाँले न्याय दर्शन अध्ययन गर्न सक्नुहुन्छ। ‘न्याय–कुशुमांजलि’मा यसको असाध्यै सुन्दर निरूपण गरिएको छ।
प्रस्तोता– भनेपछि, उपस्थिति (प्रत्यक्ष) हुनैपर्छ भन्ने कुरा छैन।
स्वामीजी– छैन, छैन।
९. प्रस्तोता– अोके (हस) स्वामीज्यू! जस्तै अहिलेको हाम्रो एज (उमेर)का युवाहरू अथवा जुनसुनै व्यक्ति भनौं न, जस्तै एउटा सफलताको लागिमात्रै हिँडेको अथवा जसरी हुन्छ एउटा सफलता
पाऊँ चाहे त्यो कम्पिटिसन (प्रतियोगिता)मा जितेर होस् चाहे व्यावसायिक रुपमा होस् चाहे सामाजिक रुपमा होस्, जसरी पनि एउटा सफलताको शिखरमा पुगौँ भन्ने एउटा सबैको धारणा हुन्छ।
त्यो हाम्रो पनि छ, सबैको छ हैन। जस्तै अब
स्वामीज्यूले चाहिँ हामीलाई के कुरामा प्रकाश पारिदिनुपर्यो भन्दाखेरि सफलता के हो
र सफलता प्राप्त गर्न चाहिँ के गर्नुपर्छ? त्यो
चाहिँ अलिकति वर्णन गर्दिनु पर्यो यहाँले।
स्वामीजी– यो असाध्यै काम लाग्ने प्रश्न हो। र केवल युवाहरूको लागि मात्रै होइन, सबैको लागि काम लाग्छ यो प्रश्नको उत्तर। र खासगरी युवावर्ग त्यस्तो वर्ग हो जो एकदम, एउटा जीवनमा सबैभन्दा
उर्जा भएको समय हो। त्यसैले गर्दा खेरि निरन्तर केही न केही गरूँ म, केही आर्जन गरूँ, कहीँ पुगूँ, सफलता प्राप्त गरूँ, यो सोच सबैमा हुन्छ। र
मेरो सबैलाई शुभकामना पनि छ, यहाँहरू सबैलाई सफलता
मिलोस्। तर...। अब यहाँ एउटा तर आयो। तर के हो भने सबैभन्दा
पहिले सफलता केलाई भनिन्छ, यो त बुझ्नुपर्यो नि। हैन र?
प्रस्तोता– त्यसको वर्णन गरिदिनुपर्यो।
स्वामीजी– यदि मानिलिनुस मेरो घर कहाँ हो भन्ने चाहिँ मलाई थाहा छैन अनि म हिँड्न
चाहिँ हिँडेको हिँड्यै छु। यसप्रकारले त सम्भव छैन। एउटा टुरिस्ट (पर्यटक) दिनभरि ट्याक्सी लिएर, रिजर्भ गरेर घुमेको घुमै गरेर स्वयम्भूनाथ स्तूपा कहाँ हो भनेर खोजेको
खोजै रहेछ। अनि पत्ता लगाएन। उसले पूरा स्पीच सुन्यो मोटिभेसनको– ‘अँ, लगे रहो मुन्ना भाइ’ भन्यो। आठदश चक्कर लगायो। तर उसले म्याप (नक्सा) नै यदि गलत लिएको रहेछ, पोखराको म्याप लिएर
काठमाडौँमा खोज्यो भने भेट्छ र? भेट्दैन नि। त्यसैले
पहिले त सफलता के हो बुझ्नुपर्यो र सफलताको परिभाषा देवर्षि नारदजीले भागवत्मा दिनुभएको छ।
दुःखहानिः सुखावाप्तिः श्रेयस्तन्नेह चेष्यते। भागवत ४–२५–४
भागवतको श्लोक हो यो। अर्थात् यदि कसैले दुःखबाट छुटकारा पायो
सधैँको लागि, त्यसपछि
अनन्त सुख प्राप्त गर्यो भने बल्ल यो सफलता हो।
अन्यथा, मानिलिनुस कसैले भर्खरै बैंकमा जागिर खान सुरु गर्यो। अब उसको लागि सफलता
के हो त? बैंकको म्यानेजर बन्नु सफलता भनूँ भने त्यो
बैंक म्यानेजर आँफैमा दुःखी छ। कुरा बुझ्नुभयो नि? अब
घरको र कामको जुन रिलेसन (सम्बन्ध) हो त्यसलाई व्यवस्थापन गर्नुलाई सफलता मान्ने कि? आफ्नो शरीरको स्वास्थ्यलाई ध्यान दिनु, त्यसलाई
राम्रो बनाउनु त्यसलाई सफलता मान्ने कि? यी सबै सफलता
होइनन्। किनकि यदि सफलता...। मानिलिनुस् कुनै व्यक्तिले एउटा
इलेक्सन (चुनाव) मा
जित्नुलाई नै सफलता मान्ने हो भने उसले जित्यो त अब। अब त उसले सबथोक पाउनु पर्नै
हो नि। एकदिन सेलिब्रेट गर्यो (खुशी मनायो), सबैलाई बोलायो भोज भतेर दियो, अब भोलिदेखि
टेन्सन सुरु हुन्छ– मन्त्री हुन पाए पो भन्ने हुन्छ।
हैन र?
त्यसैले सफलता के हो भने सम्पूर्ण दुःखबाट छुटकारा होस् र त्यो
अनन्त सुख मिलोस् यही सफलता हो। किन यो सफलता हो? किनकि हामी सबै त सुख नै चाहन्छौँ नि। म जे
चाहन्छु, त्यो पाएँ भने पो सफलता हो। त्यो मैले पाइन
अर्को चिज पाएँ भने त सफलता भएन नि। हामी सबै सुख चाहन्छौँ। अब धनी बन्न कोही
चाहन्छ भने पनि, एउटा (व्यक्ति) सबैभन्दा धनी बन्न त सक्दैन विश्वको। र सबैभन्दा धनी बन्यो भने पनि दुःखी
हुन्छ। बिल गेट्स दुःखी छन्।
त्यसैले सफलता के हो त्यसलाई बुझ्नु छ। सफलताको अर्थ हो सुख
प्राप्ति, दुःखबाट छुट्कारा। र त्यसलाई मनन गरेर जुन
बाटोबाट म अहिले हिँडिरहेको छु, के त्यो बाटोले मलाई
त्यहाँ पुर्याउछ त? जुन बाटोबाट म अहिले हिँडिरहेको छु
अहिले, कुनै जब(जागिर) गर्दै होला कसैले, कसैले बिजनेस (व्यापार) गर्दै होला, कसैले साथसाथमा साधना पनि, ध्यान पनि गर्दै
होला। त्यसबाट म त्यो अनन्त सुख प्राप्त गर्न सक्छु कि सक्दिनँ, यसलाई पहिले मनन गर्नुपर्यो। पहिले रोकिनुपर्यो केही बेर– दुई सेकेण्ड, चार सेकेण्ड, दस सेकेण्ड, दुई दिन। सोच्नुपर्यो कि म जुन
अनन्त सुख चाहन्छु, त्यो अनन्त सुख यसबाट मिल्छ कि
मिल्दैन। यसलाई मनन गर्नुपर्यो पहिले र त्यो अनन्त सुख यसरी मिल्छ भन्ने निश्चय
भैसकेपछि अब यात्रा गर्नुपर्यो। अनि हरेक व्यक्ति सफल हुन्छ।
प्रस्तोता– सफलता पाउने बाटो त्यो रह्यो।
स्वामीजी– सफलता पाउनको निम्ति सुखी हुनुपर्छ। यदि कोही सुखी भएन भने चाहे ऊ
सबैभन्दा धनी होस्, सबैभन्दा ठूलो पदमा होस्। यदि पदबाट
नै, धनबाट नै सुख मिल्ने भएको भए, अहिले नेपालमा जो प्रधानमन्त्रीहरू छन् उनीहरू त सुखी हुनु पर्ने नि।
उनीहरू त वास्तवमा हामीभन्दा पनि दुःखी छन्। दिनरात चिन्तन छ– आज के होला? भोलि के होला? कुर्सी गुम्ने हो कि? त्रास, भय। त्यसैले सफलता हुनको निम्ति सुखी
हुनुपर्छ।
देवर्षि नारदजीको यो जुन सफलताको परिभाषा हो, यो मलाई असाध्यै मन पर्छ र जसजसलाई मैले
सुनाउँछु, उहाँहरूलाई पनि असाध्यै मन पर्छ, यो जुन सफलताको परिभाषा उहाँले बताउनुभयो।
१०. प्रस्तोता– हस हजुर, धन्यवाद। जस्तै अहिले चाहिँ हुन त विभिन्न कुराहरू छन्, विभिन्न पक्षहरू छन्, जसमा चाहिँ हामीले अथवा एउटा नियन्त्रण लिन नसकेको, नियन्त्रण गुमाउँदै गएको भनौं न, त्यसमा चाहिँ मुख्य रूपमा चाहिँ धैर्य र क्रोध देखिन्छ के। जस्तै, हामीजस्तै मान्छेहरू जस्ता अहिलेका समुदायका सम्पूर्ण व्यक्तिहरूमा धैर्यता भन्ने चिज र, धैर्यता भन्ने चिज नभएको र क्रोधमाथि नियन्त्रण नभएको दिखिन्छ के। जस्तै यो दुईटा चीजलाई व्यालेन्स (सन्तुलन) गर्न चाहिँ के गर्नुपर्ला? जस्तै धैर्यता र क्रोधलाई।
स्वामीजी– धैर्यता हुनुपर्यो, अनि क्रोधमा नियन्त्रण
हुनुपर्यो।
प्रस्तोता– त्यो नभएको देखिन्छ के।
हेर्नुस्! प्रायः यी सबै मानस रोगहरू हुन्। तुलसीदासजी महाराजले रामचरितमानसमा यी
सबैलाई मानस रोग भनेर परिभाषित गर्नुभएको छ। जसरी शरीरमा अनेक प्रकारका रोगहरू
हुन्छन् नि। कहिले हामीलाई ज्वरो आउँछ, कहिले जण्डिस
होला, कहिले, अहिले
कोरोनाकाल छ, अनेक प्रकारका सिम्टम्पहरू (लक्षणहरू) देखा पर्छन्, शरीर रोगी हुन्छ। त्यसैगरी केही रोग मनसँग सम्बन्धित छन्। जुन अहिले
हजुरले बताउनुभयो, यी मानस रोग हुन् र मानस रोगको
निम्ति जेजति उपचार होस्, चाहे जे सुकै होस्, त्यो मनसँग सम्बन्धित हुनुपर्छ।
जसरी शारीरिक रोगको निम्ति उपचार शरीरसँग सम्बन्धित हुनुपर्छ।
त्यसको औषधि गरेर हुन्छ कि, व्यायाम गरेर हुन्छ कि, कुनै भोजन गरेर हुन्छ कि, शरीरसँग सम्बन्धित उपचार हुनुपर्यो। त्यसैगरी मानस रोग ठीक पार्नको निम्ति
त्यसमा सुधारको निम्ति जे उपचार हो, त्यो पनि मानस नै
हुनुपर्यो। मनसँग सम्बन्धित हुनुपर्यो। र यो उपचारका अनेक प्रावधानहरू छन्, उपायहरू छन्। जसरी शरीर रोगी हुँदाखेरि पनि यही नै एकमात्र उपाय हो
भन्दैनौँ नि हामी। कहिले हामी डाक्टरको औषधि लिन्छौँ। कहिले फेरि होमियोप्याथीकोमा
जान्छौँ। कहिले आयुर्वेदमा जान्छौँ। कहिले हैन लाइफ स्टाइल (जीवनशैली) अलिकति चेन्ज (परिवर्तन) गरेर, अनेक
उपाय अपनाउछौँ र सबैले केही न केही लाभ दिन्छन्।
त्यसैले मानस रोगको निम्ति पनि अनेक ध्यानविधिहरू छन्। जुन हजुरले
भर्खरै बताउनुभयो, धैर्यताको निम्ति अथवा क्रोध कम गर्नको निम्ति, यी प्रायः जतिपनि ध्यानविधिहरू अहिले विश्वमा प्रचलनमा छन्, ती सबै ध्यानविधिबाट यसमा लाभ पुग्छ। चाहे जोसुकैले बताएको ध्यान विधि
कसैले साधना गरोस् त्यसमा, उसलाई अवश्य लाभ मिल्छ। र यी
जतिपनि ध्यानविधिहरू छन् यसमा एउटा ध्यान जुन शास्त्रमा बताइएको छ, वेदशास्त्रमा, त्यो हो– श्रीकृष्णको ध्यान। अर्थात् भगवान्को ध्यान। र भगवान्को ध्यान गर्नाले
दुईवटा लाभ मिल्छ।
एउटा जुन आनुषङ्गिक या गौण लाभ हो, त्यो पनि मिल्छ र अर्को मुख्य लाभ मिल्छ। जुन
यो धैर्यता बढ्ने अथवा क्रोधमाथिको नियन्त्रण यी सबै आनुषङ्गिक लाभ अन्तर्गत
पर्दछन। स्ट्रेस (तनाव) अलिकति
रिलिफ (राहत) हुने, मानसिक शान्ति, मेमोरी पावर बढ्ने, मन प्रफुल्ल रहने, शान्त रहने, जतिपनि अहिले भर्खरै मैले बताएँ, यी सबै
आनुषङ्गिक लाभ हुन्। गौण लाभ हुन्। र मुख्य लाभ हो– त्यो
जुन अनन्त सुखको जुन मैले चर्चा गर्दै आइरहेको छु शुरुदेखि नै, त्यो अनन्त सुख प्राप्त गर्नु। अन्य ध्यान विधिद्वारा...। जस्तो विश्वमा अनेक प्रकारका ध्यान विधिहरू छन्। कोही एउटा बिन्दु बनाएर
त्यो बिन्दुलाई हेरेर त्यसमा मनलाई केन्द्रित गर्न लगाउँछन्। कोही एउटा बत्ति
बालेर त्यो बत्तिबाट जुन किरण आउँछ त्यसमा ध्यान गर्न लगाउँछन्। कोही मैनवत्ति
जलाएर त्यो अग्निमा त्राटक गर्न लगाउँछन्। कोही उदाउँदै गरेको सूर्यलाई हेरेर
त्यसमा त्राटक गर्न लगाउँछन्। कोही श्वासमा ध्यान केन्द्रित गर्न लगाउँछन्। कोही
त्यो श्वासको पनि फेरि एउटा सुक्ष्म टर्निङ्ग पोइन्ट हुन्छ त्यसमा ध्यान केन्द्रित
गर्न लगाउँछन्। कोही मनलाई जहाँ जान्छ जाओस्, नियन्त्रण
नगर, तर जहाँजहाँ मन जान्छ आँफूलाई द्रष्टा बनेर हेर।
यसप्रकारले ध्यान गर्न लगाउँछन्।
यसप्रकारका अनेकौं ध्यानविधिहरू छन्। यी सबै ध्यानविधिबाट
आनुषङ्गिक लाभ मिल्छ। अर्थात् मेन्टल स्ट्रेस (मानसिक तनाव) कम हुन्छ, एउटा भित्रबाट मन प्रफुल्ल हुन्छ, एउटा भनूँ न, अघि हजुरले बताउनुभए जस्तै धैर्य, क्रोध
इत्यादि कम हुन्छ। व्यक्ति अलिकति सहन गर्न सक्ने क्षमता बढ्छ। यी सबै आनुषङ्गिक
लाभ मिल्छन्। तर जुन मुख्य लाभ हो, अर्थात् त्यो अनन्त
सुख प्राप्तिको निम्ति जुन हामी अग्रसर हुनुपर्ने हो, त्यो
मुख्य लाभ चाहिँ भगवान्को ध्यान गर्दाखेरि नै मिल्छ।
त्यसैले भगवान्को ध्यान गर्नु श्रेष्ठ हो। किनकि त्यसबाट मुख्य लाभ पनि मिल्यो र
आनुषङ्गिक लाभ पनि मिल्यो। दुवै लाभ मिल्छ।
प्रस्तोता–भनेपछि
यी विधिबाट दुईटा कुरामा कन्ट्रोल (नियन्त्रण) गर्न सकिन्छ।
स्वामीजी– हजुर सकिन्छ।
११. प्रस्तोता– जस्तै स्वामीज्यूले अघि हामीलाई यो कुराकानीको अघिल्लो चरणमा के भन्नुभयो भन्दाखेरि म सनातन धर्मको प्रचारक हुँ भन्नु भयो। जस्तै सनातन धर्म प्रचारकको भूमिका चाहिँ के हुँदोरहेछ स्वामी ज्यू? थोरै भनिदिनुहोस् न यो विषयमा।
स्वामीजी– ‘सनातन
धर्मको प्रचारक हुँ।’ को अर्थ यो हो– एक त पहिला..., पहिलो त म आफैँ यसको साधना
गर्दैछु। वास्तवमा यो मेरो यात्रा हो। जुन अनन्त सुखको मैले चर्चा गरे हजुरसँग, त्यो अनन्त सुख प्राप्त गर्नको निम्ति म त्यो बाटोमा छु। र सँगसँगै यदि
कोही त्यो बाटोमा हिँड्न चाहन्छ भने, उनीहरूलाई पनि म
साथसाथ लिएर जान सक्छु। यो जुन यात्रा हो, कहिलेकाहीँ
के हुन्छ भने हामी एउटा यात्रामा गइरहेका हुन्छौँ। कुनै सुखद होला या लाभदायी
यात्रा होला, अनि हामीसँग चिर परिचित कसैले चाह्यो भने ‘ल हिँड् न त। म तँलाई पनि लिएर जाउँला।’ भनेर
हामी लिएर हिँड्छौँ नि। त्यसैगरी जो इच्छुक हुनुहुन्छ, जसलाई
त्यो अनन्त सुख चाहिएको छ, प्राप्त गर्नु छ, उहाँहरूको निम्ति पनि म एउटा सहयोगी भूमिका निर्वाह गर्छु।
पहिलो चिज त अहिले, दुःख कै कुरा भनूँ, हाम्रो यो चाहे करिकूलम
होस्, चाहे हाम्रो पढाई होस्, त्यसमा हामी सनातन धर्मको बारेमा केही पनि पढ्न पाउँदैनौँ। त्यसैले हाम्रो
ज्ञान एकदम जिरो (शून्य) छ।
त्यसैले सबैभन्दा पहिला त थियोरिटिकल नलेज (सैद्धान्तिक
ज्ञान) चाहियो। जुन थियोरिटिकल नलेज, म उहाँहरूलाई प्रदान गर्न सक्छु। र दोस्रो भनेको प्राक्टिकल्ली (क्रियात्मक रूपमा) कोही हिँड्न चाह्यो रे। ‘अब त्यो जुन मैले ज्ञान प्राप्त गरेँ, त्यस अनुसार
मलाई प्राक्टिकल पनि गर्नुछ।’ भन्यो भने फेरि त्यसमा म
सहयोगी भूमिका निर्वाह गर्न सक्छु। सत्सङ्ग प्रदान गर्न सक्छु। श्री गुरुदेवको
सान्निध्यमा जुन कार्यक्रम अर्गनाइज (आयोजित) हुन्छ, त्यसमा उहाँहरूलाई पनि सहभागी गराएर, त्यो फेरि अनन्त सुखप्राप्तिको यात्रामा उहाँहरूलाई पनि सँगसँगै लिएर जान
सक्छु। यही भूमिका मबाट सम्भव छ।
१२. प्रस्तोता– हस स्वामीज्यू! जस्तै एउटा हुन त यो आधिकारिक, ठ्याक्कै आधिकारिक रिसर्च त हैन, तर जुन एउटा देखिन्छ नि समुदायमा अथवा विभिन्न स्थानको भ्रमण अथवा निरीक्षण गर्ने क्रममा देखिन्छ नि। के देखियो भन्दाखेरि चाहिँ इसाई धर्ममा प्रवेश गर्ने हिन्दु धर्माबलम्बीको सङ्ख्या अलिकति बढी देखियो के। जस्तै शनिबार शनिबार चर्चमा जुन त्यो भीडभाड देखिन्छ, पहिलाको तुलनामा अलिकति बढी देखिन्छ हैन। जस्तै मान्छे बडी इसाईतर्फ अलिकति बढी आकर्षित भएको हो कि अथवा हिन्दु धर्मबाट अलिकति बढी वितृष्णा आएको हो कि अथवा, स्वामीज्यूको त्यसमा के छ धारणा? जस्तै इसाई धर्मले साँच्चिकै आकर्षणै गर्न सकेको हो कि यसमा अरू यावत् कारणहरू हुन सक्छन्?
स्वामीजी– अब यो, वास्तवमा यो टपिक(विषय)मा त यति धेरै चर्चा भइसकेको छ, मिडियाहरूमा पनि आउँछ, सबैले बोल्नुहुन्छ, लगभग जे यथार्थ हो, त्यो सबैलाई थाहा छ। मैले
बताउन जरुरी छैन। तर यसबाट कोही पनि विचलित हुन जरुरी छैन। किनकि व्यक्ति
स्वतन्त्र छ। जो त्यहाँ गए, उनीहरू पनि सुख कै निम्ति
गएका हुन्। उनीहरूलाई लाग्यो कि मैले अहिलेसम्म जे गरेँ, त्यसबाट त खै सुख मिलेन, सायद त्यहाँबाट सुख
मिल्ला। ठिक छ जाऊन्, रिसर्च (अनुसन्धान) गरून्।
त्यहाँबाट जब सुख मिल्दैन फेरि घुम्दै फिर्दै त यहीँ आउनु पर्छ।
प्रस्तोता– ट्राइ गरूँ।
स्वामीजी– अँ। ट्राइ गरूँ।
यसमा कुनै त्यस्तो आपत्ति गर्नुपर्ने, या एकदम चिन्ता लिनुपर्ने यस्तो कुनै पनि चिज
म देख्दिनँ, व्यक्तिगत तवरबाट। र राष्ट्रको तवरले सबै
संस्कृति, सबै विभिन्न मतहरू मान्ने व्यक्तिहरू यदि
कहीँ, कुनै देशमा सुरक्षित हुन्छन् भने हिन्दु बाहुल्य
देशमा नै सुरक्षित हुन्छन्। किनकि इतिहास हेर्यौं भने अन्य धर्मको मेजोरिटि
(बहुमत) हुनसाथ अब त्यो सेकुलर (धर्म निरपेक्ष) रहँदैन। जहाँ ५१% क्रिस्चियन भए
जुन दिन, या मुस्लिम भए त्यो दिन स्वतः त्यो क्रिस्चियन
देश नै बन्नेछ, इस्लाम देश नै बन्नेछ। त्यसपछि अन्य
संस्कृतिहरू यसै धराशायी भएर जान्छन्। यो इतिहासले बताउँछ, इतिहास हेर्दाखेरि।
१३. प्रस्तोता– हस स्वामीजी। जस्तै हामी एकचोटी एउटा चितवनको एउटा विद्यालय गएका थियौं के।
स्वामीजी– हजुर।
प्रस्तोता– त्यो विद्यालयमा चाहिँ हामीले एकचोटि उहाँ त्यो
विद्यालयको प्रिन्सिपल (प्रधानाध्यापक)सँग कुरा गर्दाखेरि चाहिँ उहाँले के
भन्नुभएको थियो भने संस्कृत भाषाको महत्त्व फेरि बढ्दैछ भनेर त्यो विद्यालयमा
चाहिँ संस्कृतलाई फेरि अनिवार्य गरिएको रहेछ के। जस्तै आजभन्दा धेरै वर्ष अगाडि
चाहिँ करिकुलममै (पाठ्यक्रममै) संस्कृत इन्क्लुड (समावेश) हुन्थ्यो। फेरि त्यो
बीचमा हरायो हैन। अहिले फेरि संस्कृतको इम्पोर्टेन्स् (महत्त्व) अलिकति बढ्दै गएको
हो कि जस्तो देखिन्छ के। विभिन्न विद्यालयहरूले संस्कृतलाई एप्रोच गरेको (अपनाएको)
देख्दाखेरि? यसमा
स्वामीज्यूको धारणा के छ? संस्कृतको इम्पोर्टेन्स
(महत्त्व) बढेकै हो कि अथवा बीचमा के भएको थियो जस्तो महसुस हुन्छ यहाँलाई? के होला स्वामीजी खासमा?
स्वामीजी– यस्तो हो। कुनै पनि यदि विधालाई लियौँ, सपोज (मानौं)। त्यो विधामा सर्वोत्कृष्ट
रचनाहरू संस्कृत भाषामै छन्। जस्तै, मनसँग सम्बन्धित
कसैले पढ्नु पर्यो। पूरै विश्वमा योगदर्शन समान यस्तो ग्रन्थ छैन, जसले मनले कसरी काम गर्छ त्यसको बारेमा निरूपण गरोस्। कुन भाषामा छ? संस्कृत भाषामा। जान्नको लागि के गर्नु पर्यो? संस्कृत भाषा चाहियो। साहित्यमा जाऔं। शाकुन्तलसमान जुन कालिदासजीको
महाकाव्य हो, त्यो समान साहित्य सायदै कुनै होला।
कुन भाषामा छ? संस्कृत भाषामा छ। त्यसैले विभिन्न
विधा, कुनै यो एउटा दुईटा विधा मात्रै होइन, अनेकौँ विधाहरूमा चाहे आयुर्वेदलाई लिऊँ, या एस्ट्रोनोमि (खगोल विज्ञान)लाई लिऊँ, सबै
विधामा संस्कृतमा सर्वोच्च ग्रन्थहरू छन्।
त्यसैले जे रिसोर्सेस् (श्रोतसाधन)हरूको निम्ति आजका वैज्ञानिकहरू
पनि तारिफ गर्छन्। ठुलाठुला वैज्ञनिकहरूले वेदान्तमा भएका ज्ञानको मुक्तकण्ठले या
एकदम खुलस्त ढङ्गले तारिफ गरेका छन्। त्यसबाट व्यक्तिहरूमा संस्कृत भाषा प्रतिको
या वेदमा भएका कुराहरूको बारेमा एउटा मोह बढ्दैछ। र खासगरि पहिले एउटा मिडियालाई
केही व्यक्तिहरूले नियन्त्रित गरेका थिए। मतलब उनीहरूको एजेन्डाभन्दा बाहिरीको
चिजहरू पब्लिकले थाहा पाउँदैनथ्यो। र अहिले मेनस्ट्रिम मिडिया बाहेक पनि अन्य
मिडियाद्वारा व्यक्तिहरूले धेरै कुराहरू जानकारी राखेका छन्। र त्यस अन्तर्गत
संस्कृत भाषाको जुन विशेषता हो, त्यो विशेषता लगभग आफूले नपढेता पनि सबैलाई थाहा छ। र वास्तवमा मेरो
अनुभव पनि त्यही हो।
यद्यपि मैले संस्कृत पढेको त होइन। तर सरसरती, जुन संस्कृतको व्याकरण जुन पाणिनिजीको
एकचोटि मैले सरर हेरेको थिएँ। आजको दिनमा, आज
हामीसँग सुपर कम्प्युटर छ। हजारौँ व्यक्तिहरू क्लाउडमा सँगै एकैचोटि बसेर काम गर्न
सक्ने एउटा टेक्नोलोजि छ, प्रविधि छ। यो प्रविधिलाई
प्रयोग गरेर ‘ल नयाँ भाषा बनाऔँ न त। सबै भाषालाई छोडिदिऊँ। नयाँ, असाध्यै वैज्ञानिक, असाध्यै साइन्टिफिक
भाषा बनाऔँ। किनकि अब त हामीसँग भयङ्कर रिसोर्सेस्
(स्रोतसाधन) छ। हामी पहिलाकोभन्दा करोडौँ गुणा चाँडो क्यालकुलेसन गर्न सक्छौँ।’
भनेर अहिले नयाँ भाषा बनायौँ भने पनि संस्कृत समान पर्फेक्ट (सिद्ध) भाषा कसैले पनि
बनाउन सक्दैन। कुरा बुझ्नुभयो नि। त्यति महत्त्वपूर्ण भाषा छ त्यो।
त्यसैले जर्मनीमामात्रै चौध वटा विश्वविद्यालयमा संस्कृत भाषामा
पढाइ हुन्छ। लन्डनमा एउटा स्कुल छ, जहाँ संस्कृत अनिवार्य हो। किनकि साइन्टिस्टहरूले रिसर्च
(वैज्ञानिकहरूले अनुसन्धान) गरे अनुसार संस्कृत भाषा बोल्नाले, संस्कृत शब्दको उच्चारण गर्नाले हाम्रो मन–मस्तिष्कमा राम्रो प्रभाव
पर्छ। विद्यार्थीहरू ट्यालेन्ट (प्रतिभाशाली) हुन्छन्। उनीहरूको अङ्क पनि, अरु विषयमा पनि राम्रो आउँछ। यो सबै, प्रमाणित
चिजहरू हुन्।
साइन्टिस्टहरूले एकपटक कम्प्युटरको निम्ति पनि संस्कृत भाषा सान्दर्भिक छ कि भनेर
रिसर्च गरे र यही निश्चयमा पुगे कि
कम्प्युटरको निम्ति जुन प्रोग्रामिङ्ग गरिन्छ, त्यसको
निम्ति पनि संस्कृत सबैभन्दा बेस्ट ल्याङ्ग्वेज (राम्रो भाषा) हो। अब प्राक्टिकल
होला नहोला, त्यो आफ्नो ठाउँमा छ। भविष्यमा हुन सक्छ, संस्कृत भाषाकै प्रयोग होला प्रोग्रामिङ्ग ल्याङ्ग्वेजमा। त्यसैले आशा
गरौँ। तर यो अवश्य हो कि संस्कृत भाषासमान भाषा अनि संस्कृत भाषामा जुन ग्रन्थहरू
छन्, ती ग्रन्थहरू समान ग्रन्थ अरु कुनै पनि भाषामा
छैन।
प्रस्तोता– भनेपछि संस्कृतको महत्त्व निकै छ।
स्वामीजी– निकै छ, निकै छ।
१४. प्रस्तोता– स्वामीज्यूलाई अर्को प्रश्न के।
स्वामीजी– हजुर।
प्रस्तोता– जस्तै आज धेरै किसिमका समस्याहरू
देखिन्छन्। एउटा व्यक्तिको जीवन देखि लिएर सम्पूर्ण व्यक्तिको जीवनमा एउटा एउटा
समस्या देखिन्छ के, हैन। अब स्वामीजी धेरै एउटा
राम्रोखालको एउटा सबैलाई धारणा अथवा आफ्नो बिचारबाट सबैलाई प्रेरित गर्दै
हिँड्नुभएको छ, हैन। त स्वामीजीले चाहिँ आजका, आजको पुस्तालाई एउटा आफ्नो सन्देश केही दिनुपर्यो भने अथवा यो आजको
जीवनबाट एउटा सुखप्राप्ति, एउटा शान्तिप्राप्तिको लागि
केही सन्देश दिनुपर्यो भने चाहिँ के भन्न चाहनु हुन्छ?
हेर्नुस्! अहिले हामी जुन युगमा छौँ, यो युगमा हाम्रो शारीरिक लोड (बोझ) धेरै कम छ। जस्तो पहिलेपहिले, हामीले
देख्दादेख्दै पनि कयौँ अवस्थामा पानी भरेर ल्याउनु पर्थ्यो। घाँस काटेर ल्याउनु
पर्थ्यो, खन्नु पर्थ्यो, जोत्नु
पर्थ्यो। शारीरिक बलको कामहरू धेरै गर्थे। तर अहिले जतिजति समय बित्दै गयो, त्यतित्यति मेन्टल लोड (मानसिक बोझ) बढ्दैछ। अब हुनसक्छ अर्को जेनेरेसन (पुस्ता)मा झन् यसको डबल (दुईगुना) होला।
त्यसैले हामीले एउटा व्यक्तिगत हिसाबले पनि, अथवा समाजलाई पनि त्यो
मानसिक बोझलाई धान्न सक्ने– चाहे व्यक्तिगत आफ्नो
क्षमता होस् या एउटा सोसाइटी (समाज)कै होस्– त्यो बनाउन जरुरी छ, ताकि त्यो मेन्टल लोड त्यतिखेर लिन सकौँ। अन्यथा के हुन्छ भने लोड धेरै
पर्यो भने व्यक्तिले धान्न सक्दैन। त्यसैले अनेक प्रकारका मानसिक समस्याहरू
उत्पन्न हुन सक्छन् र त्यसको निम्ति मनको क्षमतामा वृद्धि गर्न जरुरी छ। यदि
मानिलिनुस् पचास किलोको वेट (वजन) बोक्नको लागि अब दश बर्षपछि बोक्नुछ भन्यो भने आजैदेखि उसले कसरत सुरु
गर्नुपर्छ, शारीरिक। भने त्यो बोझ धान्नको निम्ति, त्यो मानसिक बोझ धान्नको निम्ति, मानसिक कसरत
जरुरी छ। त्यसैले मनको साधना गर्न जरुरी छ। त्यसैले जुन ध्यानका कुराहरू हुन्, जुन हामी मनले गर्छौँ, त्यसलाई पनि चाहे घरमा
होस् या स्कुलमा होस् या साथीहरू जम्मा हुँदा खेरि, या
छुट्टिको दिनहरूमा होस्, ध्यानलाई प्रायोरिटि (प्राथमिकता) दिँदै जानु छ, दिनचर्यामा।
जसरी गरे पनि हुन्छ ध्यान। कुनै यसरी नै
गर्नुपर्छ, श्री कृष्णकै ध्यान गर्नु पर्छ भन्ने जरुरी पनि छैन। कुनै पनि
ध्यानविधिद्वारा हामी ध्यान गर्दै जाऔँ एक। दोस्रो, जुन
दिनदिनै हामी अब चाहे बच्चाहरू पढाउँछौं अथवा हामीले पनि पढ्छौं, त्यो हाम्रो दिनदिनैको व्यस्त जीवनबाट हटेर १५, २० मिनेट हामीले आफ्नो जीवन, आफ्नो जीवनको
लक्ष्यको बारेमा सोच्न जरुरी छ। सबैले सोच्न जरुरी छ। अन्यथा के हुन्छ भने हामी
केवल भागिरहेकै हुन्छौँ।
म एउटा एकदम सुन्दर दृष्टान्त दिमागमा आइहाल्यो, म हजुरसँग सेयर गर्न
चाहन्छु। मानिलिनुहोस्, एउटा हरिण रहेछ। त्यो हरिण
जङ्गलबाट बाहिर निस्किएछ। जङ्गलबाट बाहिर बालुवै बालुवाको एउटा मरुभूमीजस्तै थियो।
एकछिन, नयाँ चिज लाग्यो, नयाँ
चिज पाउनेबित्तिकै त रमाउँछन् नि व्यक्तिहरू, ऊपनि खुब
रमायो, त्यहाँ उफ्रियो, कुद्यो।
त्यसपछि प्यास लाग्यो। प्यास लागेपछि उसले अब पानी खोज्यो। यता जङ्गलतिर हेरेको
पूरै झाडीझाडी, रुखरुख। कहिँपनि देखिएन सरोबर।
मरुभूमितिर हेरेको त्यहाँ ‘ए ऽ’, उसले देख्यो, ‘यहीँ त रहेछ त पोखरी’ अब ऊ दौडियो पोखरीतिर। दौडिँदा दौडिँदा, ऊ
जतिजति पोखरीतिर जान्थ्यो, त्यो पोखरी ऊबाट अझै पर
सर्थ्यो। र उसलाई मोटिभेसन (प्रेरणा) केबाट मिल्छ भने केवल म मात्रै भागेको छैन। यहाँ त हजारौँ लाखौँ करोडौँ
हरिणहरू छन्, सबै त्यही पोखरीतिर भागिरहेका छन्, त्यही मरभूमिको। र उसले देख्छ– आँफूभन्दा पर
एउटा अर्को हरिणलाई देख्छ, जो उसको दृष्टिमा त्यही
पोखरीकै छेउमा छ। र उसले सोच्छ कि त्यो हरिण, पक्कै
उसले पानी पियो, उसले आफ्नो प्यास बुझायो। म चाहिँ
प्यासी छु त्यो चाहिँ तृप्त छ– उसले यो सोच्दछ।
तर वास्तविकता के हो भने उसले जुन हरिणलाई
देखेको छ नि ऊभन्दा अगाडिको, त्यो हरिणको निम्ति पनि त्यो पोखरी त्यति नै पर छ।
अर्थात् मैले यहाँ भन्न खोजेको कुरा के हो भने जस्तै हामीले हाम्रै जीवनलाई पनि
हेरौँ।
सुरुमा हाम्रो पालामा एस्.एल्.सी. हुने गर्थ्यो। एस्.एल्.सी. दिएपछि त एकदम टेन्सन फ्रि (आनन्द) भन्ने लाग्थ्यो नि हामीलाई।
प्रस्तोता– आइरन गेट भनिन्थ्यो।
स्वामीजी– अँ, आइरन गेट
भनिन्छ।
एस्.एल्.सी. दिइयो। अनि पूरा एकदम इन्जोय (मस्ति)पनि गरियो, साथीहरूसँग घुम्न पनि गइयो, फोटो पनि खिचाइयो। त्यसपछि ओहो, प्लस टु गर्नुपर्ने। के मा गर्ने? अर्को दुःख
सुरु भयो। प्लस टु गरेपछि नै रहेछ, भन्ने भयो। प्लस टु
गरियो। अब त्यसपछि अब डाक्टर पढ्ने कि इन्जिनियरिङ गर्ने, के गर्ने अर्को टेन्सन (तनाव) सुरु भयो। फेरि डाक्टर पढियो।
अनि एउटाले सम्झायो, कहाँ डाक्टर पढेर सुख
मिल्छ यार! एउटा कोही केटी भए या केटा भए उसँग विवाह
गरेपछि बल्ल मजा, मजैमजा आउँछ। विवाह पनि भयो। सुख अझै
एक कदम उता सर्यो। विवाह भएर कहाँ सुख मिल्छ? हामीले
देख्यौँ– एउटाले आफ्नो बच्चालाई काखमा लिएर बच्चालाई
एकदम माया गर्दै उसँग बोलेको, चुम्बन गरेको देख्यौँ। अँ, बच्चा भयो भने बल्ल सुख मिल्ने रहेछ।
बच्चा पनि भयो। सुख मिलेन। कमसेकम ‘मलाई सुसु आयो भनेर (भनोस्)’ त्यत्रो होस् अनि बल्ल सुख मिल्ला
भन्ने हुन्छ नि। अझै ठुलो भयो। यिनीहरूलाई विवाह गराइदिन पाए बल्ल मेरो जिम्मेवारी
पनि सकिन्थ्यो अनि त आनन्द। अर्थात् जतिजति हामी यो जीवनमा भाग्दै छौँ सुखको निम्ति, हामीले सोचेको सुख अझ परपर सर्दैछ।
अँ। अहिले त केवल एक करोड छ। एक करोडमा म कहाँ
सुखी छु र? दश करोड भयो भने बल्ल सुख मिल्छ। अनि हामी दश करोड कमाउनको लागि
दौडिन्छौँ। किनकि हामीले देखेका छौँ कि त्यो दश करोड जोसँग छ, मेरो एउटा साथी, त्यो सुखी छ। त्यो अगि जुन
हरिणले देखेको थियो नि। तर वास्तवमा त्यो दश करोड जोसँग छ, ऊपनि त्यति नै दुःखी छ। उसले सोच्छ कि दश करोडमा कहाँ सुख छ र? त्यो त मेरो पर्सनल (व्यक्तिगत) अनुभव हो। त्यो अरबपति पक्कै सुखी छ। उसको त घरमा सबैजनासँग कार छ, त्यो पनि सबैका आफ्नाआफ्ना ड्राइभर छन्। आँफूले
केही पनि गर्नुपर्दैन, साइन (हस्ताक्षर) गरे पुग्छ, कहीँ दौडिनु परेन। नोकर, चाकर, वकिल या जो पनि, डाक्टर आउनुपरे पनि घरमा नै
आउँछन्। त्यो चाहिँ सुखी होला। यसप्रकारले भाग्दाभाग्दै जीवन बित्छ। अनि मृत्युको
समयमा लाग्छ कि मैले केही पनि गरिँन, केही पनि पाइँन।
त्यसैले एउटा त ध्यान सबैले गरून्। यो मेरो
सजेसन (सुझाव) हो। दोस्रो केही समय जीवनको बारेमा सोच्न जरुरी छ। कि मरो लक्ष्य के हो? म के चाहन्छु? म केवल यही चाहन्छु त? यसको अभिप्राय यो पनि होइन कि सबले कामधाम छोडेर सन्न्यासी भएर
हिँड्नुपर्छ। यो पनि होइन। इतिहासमा ९९.९९% व्यक्तिहरू जसले त्यो अनन्त सुखलाई प्राप्त गरे, उनीहरू सबै घर गृहस्थीमै यी सबै काम गर्दागर्दै गरे। त्यो सम्भव छ। हाम्रो
वेद शास्त्रमा छ, त्यसको साधन। तर यी दुईटा चिजको
बारेमा सोच्न र गम्भीर भएर विचार गर्न जरुरी छ। एउटा त ध्यान गर्न जरुरी छ, किनकि मानसिक लोड बढ्दैछ। हामीले देख्दादेख्दै धेरै बढिसक्यो। दोस्रो
जीवनको बारेमा सोच्न, गम्भीर भएर विचार गर्न जरुरी छ र
यही म सुझाव दिन चाहन्छु सबैलाई।
१५. प्रस्तोता– हस। स्वामीजीले हामीलाई आज समय दिनुभयो। हामी कार्यक्रमको अन्तिममा पनि
छौं। अब अन्तिममा यहाँलाई चिन्ने जस्तै यहाँबाट प्रेरित हुने व्यक्तिहरूलाई के
भन्न चाहनुहुन्छ हाम्रो टेलिभिजनको माध्यमबाट?
स्वामीजी– सबैभन्दा पहिला त मलाई बोलाउनुभयो आज, र यो कार्यक्रमको आयोजना गर्नुभयो। सबैलाई मेरो यो भनाइलाई सुन्ने, हेर्ने अवसर दिनुभयो। यसको लागि हजुर लगायत टेलिभिजन मिडिया र यसमा काम
गर्ने, म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र
दोस्रो यदि कोही व्यक्ति वास्तवमै त्यो अनन्त सुखको निम्ति चाहना छ, त्यो सुख कहाँ छ? कसरी प्राप्त गर्न
सकिन्छ? यो एउटा इच्छा छ– त्यो सुख प्राप्त गर्नको लागि भने, फेरि
उहाँहरूको निम्ति जे सेवा गर्नुपर्छ, जे सहयोग
गर्नुपर्छ त्यो सेवा र सहयोग म अवश्य गर्नेछु, मेरो
तर्फबाट जे हुन सक्छ। म बस यही भनाई राख्न चाहन्छु।
स्वामीजी– धन्यवाद। राधे राधे।
प्रस्तोता– हस धन्यवाद।