सफलता–

 


प्रस्तोताअोके (हस) स्वामीज्यू! जस्तै अहिलेको हाम्रो एज (उमेर)का युवाहरू अथवा जुनसुनै व्यक्ति भनौं न, जस्तै एउटा सफलताको लागिमात्रै हिँडेको अथवा जसरी हुन्छ एउटा सफलता पाऊँ चाहे त्यो कम्पिटिसन (प्रतियोगिता)मा जितेर होस् चाहे व्यावसायिक रुपमा होस् चाहे सामाजिक रुपमा होस्, जसरी पनि एउटा सफलताको शिखरमा पुगौँ भन्ने एउटा सबैको धारणा हुन्छ। त्यो हाम्रो पनि छ, सबैको छ हैन। जस्तै अब स्वामीज्यूले चाहिँ हामीलाई के कुरामा प्रकाश पारिदिनुपर्यो भन्दाखेरि सफलता के हो र सफलता प्राप्त गर्न चाहिँ के गर्नुपर्छ? त्यो चाहिँ अलिकति वर्णन गर्दिनु पर्यो यहाँले।

स्वामीजीयो असाध्यै काम लाग्ने प्रश्न हो। र केवल युवाहरूको लागि मात्रै होइन, सबैको लागि काम लाग्छ यो प्रश्नको उत्तर। र खासगरी युवावर्ग  त्यस्तो वर्ग हो जो एकदम, एउटा जीवनमा सबैभन्दा उर्जा भएको समय हो। त्यसैले गर्दा खेरि निरन्तर केही न केही गरूँ म, केही आर्जन गरूँ, कहीँ पुगूँ, सफलता प्राप्त गरूँ, यो सोच सबैमा हुन्छ। र मेरो सबैलाई शुभकामना पनि छ, यहाँहरू सबैलाई सफलता मिलोस्। तर...। अब यहाँ एउटा तर आयो। तर के हो भने सबैभन्दा पहिले सफलता केलाई भनिन्छ, यो त बुझ्नुपर्यो नि। हैन र?

प्रस्तोतात्यसको वर्णन गरिदिनुपर्यो।

स्वामीजीयदि मानिलिनुस मेरो घर कहाँ हो भन्ने चाहिँ मलाई थाहा छैन अनि म हिँड्न चाहिँ हिँडेको हिँड्यै छु। यसप्रकारले त सम्भव छैन। एउटा टुरिस्ट (पर्यटक) दिनभरि ट्याक्सी लिएर, रिजर्भ गरेर घुमेको घुमै गरेर स्वयम्भूनाथ स्तूपा कहाँ हो भनेर खोजेको खोजै रहेछ। अनि पत्ता लगाएन। उसले पूरा स्पीच सुन्यो मोटिभेसनको– ‘अँ, लगे रहो मुन्ना भाइभन्यो। आठदश चक्कर लगायो। तर उसले म्याप (नक्सा) नै यदि गलत लिएको रहेछ, पोखराको म्याप लिएर काठमाडौँमा खोज्यो भने भेट्छ र? भेट्दैन नि। त्यसैले पहिले त सफलता के हो बुझ्नुपर्यो र सफलताको परिभाषा देवर्षि नारदजीले भागवत्मा दिनुभएको छ।

दुःखहानिः सुखावाप्तिः श्रेयस्तन्नेह चेष्यते। भागवत ४२५

भागवतको श्लोक हो यो। अर्थात् यदि कसैले दुःखबाट छुटकारा पायो सधैँको लागि, त्यसपछि अनन्त सुख प्राप्त गर्यो भने बल्ल यो सफलता हो।

अन्यथा, मानिलिनुस कसैले भर्खरै बैंकमा जागिर खान सुरु गर्यो। अब उसको लागि सफलता के हो त? बैंकको म्यानेजर बन्नु सफलता भनूँ भने त्यो बैंक म्यानेजर आँफैमा दुःखी छ। कुरा बुझ्नुभयो नि? अब घरको र कामको जुन रिलेसन (सम्बन्ध) हो त्यसलाई व्यवस्थापन गर्नुलाई सफलता मान्ने कि? आफ्नो शरीरको स्वास्थ्यलाई ध्यान दिनु, त्यसलाई राम्रो बनाउनु त्यसलाई सफलता मान्ने कि? यी सबै सफलता होइनन्। किनकि यदि सफलता...। मानिलिनुस् कुनै व्यक्तिले एउटा इलेक्सन (चुनाव) मा जित्नुलाई नै सफलता मान्ने हो भने उसले जित्यो त अब। अब त उसले सबथोक पाउनु पर्नै हो नि। एकदिन सेलिब्रेट गर्यो (खुशी मनायो), सबैलाई बोलायो भोज भतेर दियो, अब भोलिदेखि टेन्सन सुरु हुन्छमन्त्री हुन पाए पो भन्ने हुन्छ। हैन र?

त्यसैले सफलता के हो भने सम्पूर्ण दुःखबाट छुटकारा होस् र त्यो अनन्त सुख मिलोस् यही सफलता हो। किन यो सफलता हो? किनकि हामी सबै त सुख नै चाहन्छौँ नि। म जे चाहन्छु, त्यो पाएँ भने पो सफलता हो। त्यो मैले पाइन अर्को चिज पाएँ भने त सफलता भएन नि। हामी सबै सुख चाहन्छौँ। अब धनी बन्न कोही चाहन्छ भने पनि, एउटा (व्यक्ति) सबैभन्दा धनी बन्न त सक्दैन विश्वको। र सबैभन्दा धनी बन्यो भने पनि दुःखी हुन्छ। बिल गेट्स दुःखी छन्।

त्यसैले सफलता के हो त्यसलाई बुझ्नु छ। सफलताको अर्थ हो सुख प्राप्ति, दुःखबाट छुट्कारा। र त्यसलाई मनन गरेर जुन बाटोबाट म अहिले हिँडिरहेको छु, के त्यो बाटोले मलाई त्यहाँ पुर्याउछ त? जुन बाटोबाट म अहिले हिँडिरहेको छु अहिले, कुनै जब(जागिर) गर्दै होला कसैले, कसैले बिजनेस (व्यापार) गर्दै होला, कसैले साथसाथमा साधना पनि, ध्यान पनि गर्दै होला। त्यसबाट म त्यो अनन्त सुख प्राप्त गर्न सक्छु कि सक्दिनँ, यसलाई पहिले मनन गर्नुपर्यो। पहिले रोकिनुपर्यो केही बेरदुई सेकेण्ड, चार सेकेण्ड, दस सेकेण्ड, दुई दिन। सोच्नुपर्यो कि म जुन अनन्त सुख चाहन्छु, त्यो अनन्त सुख यसबाट मिल्छ कि मिल्दैन। यसलाई मनन गर्नुपर्यो पहिले र त्यो अनन्त सुख यसरी मिल्छ भन्ने निश्चय भैसकेपछि अब यात्रा गर्नुपर्यो। अनि हरेक व्यक्ति सफल हुन्छ।

प्रस्तोतासफलता पाउने बाटो त्यो रह्यो।

स्वामीजीसफलता पाउनको निम्ति सुखी हुनुपर्छ। यदि कोही सुखी भएन भने चाहे ऊ सबैभन्दा धनी होस्, सबैभन्दा ठूलो पदमा होस्। यदि पदबाट नै, धनबाट नै सुख मिल्ने भएको भए, अहिले नेपालमा जो प्रधानमन्त्रीहरू छन् उनीहरू त सुखी हुनु पर्ने नि। उनीहरू त वास्तवमा हामीभन्दा पनि दुःखी छन्। दिनरात चिन्तन छआज के होला? भोलि के होला? कुर्सी गुम्ने हो कि? त्रास, भय।  त्यसैले सफलता हुनको निम्ति सुखी हुनुपर्छ।

देवर्षि नारदजीको यो जुन सफलताको परिभाषा हो, यो मलाई असाध्यै मन पर्छ र जसजसलाई मैले सुनाउँछु, उहाँहरूलाई पनि असाध्यै मन पर्छ, यो जुन सफलताको परिभाषा उहाँले बताउनुभयो।


Post a Comment (0)
Previous Post Next Post