प्रस्तोता– हस हजुर, धन्यवाद। जस्तै अहिले चाहिँ हुन त विभिन्न कुराहरू छन्, विभिन्न पक्षहरू छन्, जसमा चाहिँ हामीले अथवा एउटा नियन्त्रण लिन नसकेको, नियन्त्रण गुमाउँदै गएको भनौं न, त्यसमा चाहिँ मुख्य रूपमा चाहिँ धैर्य र क्रोध देखिन्छ के। जस्तै, हामीजस्तै मान्छेहरू जस्ता अहिलेका समुदायका सम्पूर्ण व्यक्तिहरूमा धैर्यता भन्ने चिज र, धैर्यता भन्ने चिज नभएको र क्रोधमाथि नियन्त्रण नभएको दिखिन्छ के। जस्तै यो दुईटा चीजलाई व्यालेन्स (सन्तुलन) गर्न चाहिँ के गर्नुपर्ला? जस्तै धैर्यता र क्रोधलाई।
स्वामीजी– धैर्यता हुनुपर्यो, अनि क्रोधमा नियन्त्रण
हुनुपर्यो।
प्रस्तोता– त्यो नभएको देखिन्छ
के।
हेर्नुस्! प्रायः
यी सबै मानस रोगहरू हुन्। तुलसीदासजी महाराजले रामचरितमानसमा यी सबैलाई मानस रोग भनेर
परिभाषित गर्नुभएको छ। जसरी शरीरमा अनेक प्रकारका रोगहरू हुन्छन् नि। कहिले हामीलाई
ज्वरो आउँछ, कहिले जण्डिस होला, कहिले, अहिले
कोरोनाकाल छ, अनेक प्रकारका सिम्टम्पहरू (लक्षणहरू) देखा
पर्छन्, शरीर रोगी हुन्छ। त्यसैगरी केही रोग मनसँग सम्बन्धित छन्। जुन अहिले
हजुरले बताउनुभयो,
यी मानस रोग हुन् र
मानस रोगको निम्ति जेजति उपचार होस्, चाहे
जे सुकै होस्, त्यो मनसँग सम्बन्धित हुनुपर्छ।
जसरी
शारीरिक रोगको निम्ति उपचार शरीरसँग सम्बन्धित हुनुपर्छ। त्यसको औषधि गरेर हुन्छ कि, व्यायाम
गरेर हुन्छ कि, कुनै भोजन गरेर हुन्छ कि, शरीरसँग
सम्बन्धित उपचार हुनुपर्यो। त्यसैगरी मानस रोग ठीक पार्नको निम्ति त्यसमा सुधारको निम्ति
जे उपचार हो, त्यो पनि मानस नै हुनुपर्यो। मनसँग सम्बन्धित हुनुपर्यो। र यो उपचारका
अनेक प्रावधानहरू छन्,
उपायहरू छन्। जसरी शरीर
रोगी हुँदाखेरि पनि यही नै एकमात्र उपाय हो भन्दैनौँ नि हामी। कहिले हामी डाक्टरको
औषधि लिन्छौँ। कहिले फेरि होमियोप्याथीकोमा जान्छौँ। कहिले आयुर्वेदमा जान्छौँ। कहिले
हैन लाइफ स्टाइल
(जीवनशैली) अलिकति
चेन्ज (परिवर्तन)
गरेर, अनेक
उपाय अपनाउछौँ र सबैले केही न केही लाभ दिन्छन्।
त्यसैले
मानस रोगको निम्ति पनि अनेक ध्यानविधिहरू छन्। जुन हजुरले भर्खरै बताउनुभयो, धैर्यताको
निम्ति अथवा क्रोध कम गर्नको निम्ति, यी
प्रायः जतिपनि ध्यानविधिहरू अहिले विश्वमा प्रचलनमा छन्, ती
सबै ध्यानविधिबाट यसमा लाभ पुग्छ। चाहे जोसुकैले बताएको ध्यान विधि कसैले साधना गरोस्
त्यसमा, उसलाई अवश्य लाभ मिल्छ। र यी जतिपनि ध्यानविधिहरू छन् यसमा एउटा ध्यान
जुन शास्त्रमा बताइएको छ,
वेदशास्त्रमा, त्यो
हो– श्रीकृष्णको ध्यान। अर्थात् भगवान्को ध्यान। र भगवान्को ध्यान गर्नाले
दुईवटा लाभ मिल्छ।
एउटा
जुन आनुषङ्गिक या गौण लाभ हो, त्यो
पनि मिल्छ र अर्को मुख्य लाभ मिल्छ। जुन यो धैर्यता बढ्ने अथवा क्रोधमाथिको नियन्त्रण
यी सबै आनुषङ्गिक लाभ अन्तर्गत पर्दछन। स्ट्रेस (तनाव) अलिकति
रिलिफ (राहत)
हुने, मानसिक
शान्ति, मेमोरी पावर बढ्ने, मन
प्रफुल्ल रहने, शान्त रहने,
जतिपनि अहिले भर्खरै
मैले बताएँ, यी सबै आनुषङ्गिक लाभ हुन्। गौण लाभ हुन्। र मुख्य लाभ हो– त्यो
जुन अनन्त सुखको जुन मैले चर्चा गर्दै आइरहेको छु शुरुदेखि नै, त्यो
अनन्त सुख प्राप्त गर्नु। अन्य ध्यान विधिद्वारा...।
जस्तो विश्वमा अनेक प्रकारका ध्यान विधिहरू छन्। कोही एउटा बिन्दु बनाएर त्यो बिन्दुलाई
हेरेर त्यसमा मनलाई केन्द्रित गर्न लगाउँछन्। कोही एउटा बत्ति बालेर त्यो बत्तिबाट
जुन किरण आउँछ त्यसमा ध्यान गर्न लगाउँछन्। कोही मैनवत्ति जलाएर त्यो अग्निमा त्राटक
गर्न लगाउँछन्। कोही उदाउँदै गरेको सूर्यलाई हेरेर त्यसमा त्राटक गर्न लगाउँछन्। कोही
श्वासमा ध्यान केन्द्रित गर्न लगाउँछन्। कोही त्यो श्वासको पनि फेरि एउटा सुक्ष्म टर्निङ्ग
पोइन्ट हुन्छ त्यसमा ध्यान केन्द्रित गर्न लगाउँछन्। कोही मनलाई जहाँ जान्छ जाओस्, नियन्त्रण
नगर, तर जहाँजहाँ मन जान्छ आँफूलाई द्रष्टा बनेर हेर। यसप्रकारले ध्यान गर्न
लगाउँछन्।
यसप्रकारका
अनेकौं ध्यानविधिहरू छन्। यी सबै ध्यानविधिबाट आनुषङ्गिक लाभ मिल्छ। अर्थात् मेन्टल
स्ट्रेस (मानसिक तनाव)
कम हुन्छ, एउटा
भित्रबाट मन प्रफुल्ल हुन्छ,
एउटा भनूँ न, अघि
हजुरले बताउनुभए जस्तै धैर्य, क्रोध
इत्यादि कम हुन्छ। व्यक्ति अलिकति सहन गर्न सक्ने क्षमता बढ्छ। यी सबै आनुषङ्गिक लाभ
मिल्छन्। तर जुन मुख्य लाभ हो, अर्थात्
त्यो अनन्त सुख प्राप्तिको निम्ति जुन हामी अग्रसर हुनुपर्ने हो, त्यो
मुख्य लाभ चाहिँ भगवान्को ध्यान गर्दाखेरि नै मिल्छ। त्यसैले भगवान्को ध्यान गर्नु श्रेष्ठ
हो। किनकि त्यसबाट मुख्य लाभ पनि मिल्यो र आनुषङ्गिक लाभ पनि मिल्यो। दुवै लाभ मिल्छ।
प्रस्तोता–भनेपछि यी विधिबाट दुईटा
कुरामा कन्ट्रोल (नियन्त्रण)
गर्न सकिन्छ।
स्वामीजी– हजुर सकिन्छ।