प्रस्तोता– हस स्वामीज्यू! जस्तै एउटा हुन त यो आधिकारिक, ठ्याक्कै आधिकारिक रिसर्च त हैन, तर जुन एउटा देखिन्छ नि समुदायमा अथवा विभिन्न स्थानको भ्रमण अथवा
निरीक्षण गर्ने क्रममा देखिन्छ नि। के देखियो भन्दाखेरि चाहिँ इसाई धर्ममा प्रवेश
गर्ने हिन्दु धर्माबलम्बीको सङ्ख्या अलिकति बढी देखियो के। जस्तै शनिबार शनिबार
चर्चमा जुन त्यो भीडभाड देखिन्छ, पहिलाको तुलनामा
अलिकति बढी देखिन्छ हैन। जस्तै मान्छे बडी इसाईतर्फ अलिकति बढी आकर्षित भएको हो कि
अथवा हिन्दु धर्मबाट अलिकति बढी वितृष्णा आएको हो कि अथवा, स्वामीज्यूको त्यसमा के छ धारणा? जस्तै इसाई
धर्मले साँच्चिकै आकर्षणै गर्न सकेको हो कि यसमा अरू यावत् कारणहरू हुन सक्छन्?
स्वामीजी– अब यो, वास्तवमा
यो टपिक(विषय)मा त यति धेरै चर्चा भइसकेको छ, मिडियाहरूमा
पनि आउँछ, सबैले बोल्नुहुन्छ, लगभग जे यथार्थ हो, त्यो सबैलाई थाहा छ। मैले
बताउन जरुरी छैन। तर यसबाट कोही पनि विचलित हुन जरुरी छैन। किनकि व्यक्ति
स्वतन्त्र छ। जो त्यहाँ गए, उनीहरू पनि सुख कै निम्ति
गएका हुन्। उनीहरूलाई लाग्यो कि मैले अहिलेसम्म जे गरेँ, त्यसबाट त खै सुख मिलेन, सायद त्यहाँबाट सुख
मिल्ला। ठिक छ जाऊन्, रिसर्च (अनुसन्धान) गरून्।
त्यहाँबाट जब सुख मिल्दैन फेरि घुम्दै फिर्दै त यहीँ आउनु पर्छ।
प्रस्तोता– ट्राइ गरूँ।
स्वामीजी– अँ। ट्राइ गरूँ।
यसमा कुनै त्यस्तो आपत्ति गर्नुपर्ने, या एकदम चिन्ता लिनुपर्ने यस्तो कुनै पनि चिज
म देख्दिनँ, व्यक्तिगत तवरबाट। र राष्ट्रको तवरले सबै
संस्कृति, सबै विभिन्न मतहरू मान्ने व्यक्तिहरू यदि
कहीँ, कुनै देशमा सुरक्षित हुन्छन् भने हिन्दु बाहुल्य
देशमा नै सुरक्षित हुन्छन्। किनकि इतिहास हेर्यौं भने अन्य धर्मको मेजोरिटि
(बहुमत) हुनसाथ अब त्यो सेकुलर (धर्म निरपेक्ष) रहँदैन। जहाँ ५१% क्रिस्चियन भए
जुन दिन, या मुस्लिम भए त्यो दिन स्वतः त्यो क्रिस्चियन
देश नै बन्नेछ, इस्लाम देश नै बन्नेछ। त्यसपछि अन्य
संस्कृतिहरू यसै धराशायी भएर जान्छन्। यो इतिहासले बताउँछ, इतिहास हेर्दाखेरि।
त्यसैले देशको हिसाबले हिन्दुराष्ट्र हुँदाखेरि सबै संस्कृतिहरू, सबै मतहरूलाई फुल्ने–फल्ने सौभाग्य मिल्छ।
त्यो सबको निम्ति हो, राम्रो कुरा हो। तर व्यक्तिगत
हिसाबले व्यक्ति त जस्तो सुकै कठीन अवस्थामा रहेर पनि आफ्नो साधना गर्न सक्छ।
त्यसैले व्यक्तिको साधनालाई कुनै पनि चिजले विचलनमा ल्याउन सक्दैन। र बाँकी
हिन्दुराष्ट्र हुँदाखेरिको अवस्था या समाज पनि हामीले देखेकै हो। व्यक्तिगत रूपमा व्यक्तिहरूको
हिन्दु धर्मप्रतिको जुन मोह थियो, त्यो त
त्यतिबेलाभन्दा अहिले छ। त्यसैले एक प्रकारले राम्रो पक्ष पनि हो। हेरौँ समयले
कहाँ पुर्याउँछ।