भगवान् छन् त?

 

प्रस्तोताधन्यवाद स्वामीज्यू! अहिलेको जस्तै हजुरले भगवान् भन्दै गर्दा चाहिँ अहिले एउटा वर्गले चाहिँ के भन्दाखेरि भगवान् छन् त? भन्ने खालको यो प्रश्न पनि यहाँ खडा हुन्छ। जस्तै स्वामीज्यूले यसमा भन्दिनुपर्यो भगवान छन् त साँच्चिकै?

स्वामीजीअब यो हेर्नुहोस्, यसको प्रश्न (उत्तर) अलग अलग स्तरमा हाम्रो शास्त्रमा प्राप्त छ। कुनै पनि चिज यदि हामी नर्सरीकै बच्चालाई सम्झाउनु पर्यो, चन्द्रमा कति ठुलो छ त? भन्दा हामी हात फैलाएर सानो बालकलाई यति ठुलो छ भन्छौँ नि, यस प्रकारको व्याख्या पनि छ। अथवा कुनै अलि हुर्केको बालक छ भने उसलाई अर्कै ढङ्गले बताइन्छ र कुनै साइन्स् कै स्टुडेन्ट (विज्ञानकै विद्यार्थी) छ भने उसलाई अर्कै प्रकारले बताइन्छ। त्यसैले भगवान् हुनुहुन्छ त भन्दा खेरि अब यो, यसलाई यति सजिलैअँ हुनुहुन्छभन्नु यो पनि सान्दर्भिक होइन। किनकि त्यति सजिलै अर्को व्यक्तिले पनि हुनुहुन्न भन्दिन सक्छ। जसरी मैले सजिलै अँ हुनुहुन्छ भन्छु त्यसैगरी अर्काले अँ हुनुहुन्न भन्न सक्छ। उसले तर्क दिन सक्छभएको भए त देखिन्थ्यो। हैन, जसले पनि भन्न सक्छ।

हेर्नुस्! अब यसको उत्तर यसरी बुझ्न सक्छौँ कि भगवान् हुनुहुन्छ तर हामी प्रत्यक्ष रूपमा अनुभव गर्न सक्दैनौँ। किनकि हाम्रो जुन ज्ञान प्राप्त गर्नको निम्ति अथवा अनुभव गर्नको निम्ति जेजे साधनहरू हुन्, जसरी हामीसँग साधन के छन्? तीनवटा त छन्। एउटा इन्द्रिय छआँखा, कान, नाक इत्यादि, अर्को मन छ हामीसँग सोच्नको लागि, अर्को बुद्धि छ डिसिजन गर्नको लागि। यिनै तीनवटा चिजद्वारा, यन्त्रद्वारा, साधनद्वारा हामी कुनै पनि विषयको ज्ञान प्राप्त गर्छौँ। हैन?

संसारी विषयको ज्ञान प्राप्त गर्नुपर्यो भनेपनि पहिला आँखाले हेर्छौँ, मनले सोच्छ यो हरियो छ कि निलो छ, बुद्धिले डिसिजन दिन्छ यो निलो छ। यस प्रकारले ज्ञान आर्जन गर्छौँ। त्यसैगरी अब भगवान्सँग सम्बन्धित ज्ञान यस प्रकारले हामी आर्जन गर्न सक्दैनौँ। किन? किनकि वेद भन्दछ

इन्द्रियेभ्यः परा ह्यर्था अर्थेभ्यश्च परं मनः।

मनसस्तु परा बुद्धिर्बुद्धेरात्मा महान् परः॥ कठोपनिषद् ११०

महतः परमव्यक्तमव्यक्तात् पुरुषः परः।

पुरुषान्न परं किञ्चित् सा काष्ठा सा परा गतिः॥ कठोपनिषद् १११

अर्थात् भगवान् इन्द्रियमनबुद्धिभन्दा पर हुनुहुन्छ। त्यसैले हामी अनुभव गर्न सक्दैनौँ। त्यसैले अब हुनुहुन्छ कि हुनुहुन्न कसरी सिद्ध गर्न सक्छौँ त? भन्दा देखेर सिद्ध गर्न सक्दैनौँ, सुनेर सिद्ध गर्न सक्दैनौँ। तर तर्कद्वारा सिद्ध गर्न सक्छौँ, तर्कद्वारा।

तर्कद्वारा कसरी सिद्ध गरिएको छ? न्याय दर्शनमा, पातञ्जल दर्शनमा, योग दर्शनमा, वैशेषिक दर्शनमा, साङ्ख्य दर्शनमा यसको बारेमा विशद वर्णन छ, भगवान्को अस्तित्वलाई लिएर। जस्तै न्यायदर्शनले आठवटा तर्क दिएको छ भगवान् हुनुको पछाडि र एउटा तर्क हो– ‘कार्यात्। अर्थात् यो जगतरूपी कार्यलाई देखेर यसलाई बनाउनेवाला कोही हुनुपर्छ, त्यो भगवान् हुनुहुन्छ।

जस्तै अगि हामीले चर्चा गर्यौँ नि। एउटा घैँटोलाई देख्नासाथ हामी के अनुमान गर्न सक्छौँ भने यो घैँटो बनाउनेवाला कोही छ। त्यसलाई हामीले देखिरहनु पर्छ र? पर्दैन नि। अहिले हामीले यो स्टुडियो देख्यौँ। स्टुडियो देख्नासाथ अँ एउटा कार्पेन्टर (सिकर्मी)ले काम गरेको थियो, एउटा इलेक्ट्रिसिएनले काम गरेको थियो, यो त हामी अनुमान गर्न सक्छौँ। त्यो इलेक्ट्रिसिएन या कार्पेन्टरलाई नदेखेपनि उनको अस्तित्व हामी सिद्ध गर्न सक्छौँ नि यो कार्यलाई देखेर।

त्यसैले जगत्-रूपी कार्यलाई देखेर त्यसको कर्ता भगवान् हुनुहुन्छ यो हामी सिद्ध गर्न सक्छौँ। यसैगरी अनेक तर्कहरूद्वारा न्यायदर्शनमा भगवान्को अस्तित्व सिद्ध गरिएको छ। अब विषय विस्तार होला, फेरि त्यो भयले गर्दा सबै तर्कहरू यहाँ चर्चा गर्न सम्भव छैन। तर यदि कसैलाई इच्छा छ भने, उहाँले न्याय दर्शन अध्ययन गर्न सक्नुहुन्छ।न्यायकुशुमांजलिमा यसको असाध्यै सुन्दर निरूपण गरिएको छ।

प्रस्तोताभनेपछि, उपस्थिति (प्रत्यक्ष) हुनैपर्छ भन्ने कुरा छैन।

स्वामीजीछैन, छैन।

 

 

Post a Comment (0)
Previous Post Next Post