प्रस्तोता– जस्तै स्वामीज्यूले अघि हामीलाई यो कुराकानीको अघिल्लो चरणमा के
भन्नुभयो भन्दाखेरि म सनातन धर्मको प्रचारक हुँ भन्नु भयो। जस्तै सनातन धर्म
प्रचारकको भूमिका चाहिँ के हुँदोरहेछ स्वामी ज्यू? थोरै भनिदिनुहोस् न यो
विषयमा।
स्वामीजी– ‘सनातन धर्मको प्रचारक हुँ।’ को अर्थ यो हो– एक त पहिला..., पहिलो त म आफैँ यसको साधना गर्दैछु।
वास्तवमा यो मेरो यात्रा हो। जुन अनन्त सुखको मैले चर्चा गरे हजुरसँग, त्यो अनन्त सुख प्राप्त गर्नको निम्ति म
त्यो बाटोमा छु। र सँगसँगै यदि कोही त्यो बाटोमा हिँड्न चाहन्छ भने, उनीहरूलाई पनि म साथसाथ लिएर जान सक्छु।
यो जुन यात्रा हो, कहिलेकाहीँ
के हुन्छ भने हामी एउटा यात्रामा गइरहेका हुन्छौँ। कुनै सुखद होला या लाभदायी
यात्रा होला, अनि
हामीसँग चिर परिचित कसैले चाह्यो भने ‘ल हिँड् न त। म तँलाई पनि लिएर जाउँला।’ भनेर हामी लिएर हिँड्छौँ नि। त्यसैगरी
जो इच्छुक हुनुहुन्छ, जसलाई
त्यो अनन्त सुख चाहिएको छ, प्राप्त
गर्नु छ, उहाँहरूको
निम्ति पनि म एउटा सहयोगी भूमिका निर्वाह गर्छु।
पहिलो चिज त अहिले, दुःख कै कुरा भनूँ, हाम्रो यो चाहे करिकूलम होस्, चाहे हाम्रो पढाई होस्, त्यसमा हामी सनातन धर्मको बारेमा केही
पनि पढ्न पाउँदैनौँ। त्यसैले हाम्रो ज्ञान एकदम जिरो (शून्य) छ। त्यसैले सबैभन्दा पहिला त थियोरिटिकल
नलेज (सैद्धान्तिक ज्ञान) चाहियो। जुन थियोरिटिकल नलेज, म उहाँहरूलाई प्रदान गर्न सक्छु। र
दोस्रो भनेको प्राक्टिकल्ली (क्रियात्मक
रूपमा) कोही हिँड्न चाह्यो
रे। ‘अब त्यो जुन मैले
ज्ञान प्राप्त गरेँ, त्यस
अनुसार मलाई प्राक्टिकल पनि गर्नुछ।’ भन्यो भने फेरि त्यसमा म सहयोगी भूमिका निर्वाह गर्न सक्छु।
सत्सङ्ग प्रदान गर्न सक्छु। श्री गुरुदेवको सान्निध्यमा जुन कार्यक्रम अर्गनाइज (आयोजित) हुन्छ, त्यसमा उहाँहरूलाई पनि सहभागी गराएर, त्यो फेरि अनन्त सुखप्राप्तिको यात्रामा
उहाँहरूलाई पनि सँगसँगै लिएर जान सक्छु। यही भूमिका मबाट सम्भव छ।