प्रस्तोता– हस स्वामीजी।
जस्तै हामी एकचोटी एउटा चितवनको एउटा विद्यालय गएका थियौं के।
स्वामीजी– हजुर।
प्रस्तोता– त्यो
विद्यालयमा चाहिँ हामीले एकचोटि उहाँ त्यो विद्यालयको प्रिन्सिपल
(प्रधानाध्यापक)सँग कुरा गर्दाखेरि चाहिँ उहाँले के भन्नुभएको थियो भने संस्कृत
भाषाको महत्त्व फेरि बढ्दैछ भनेर त्यो विद्यालयमा चाहिँ संस्कृतलाई फेरि अनिवार्य
गरिएको रहेछ के। जस्तै आजभन्दा धेरै वर्ष अगाडि चाहिँ करिकुलममै (पाठ्यक्रममै)
संस्कृत इन्क्लुड (समावेश) हुन्थ्यो। फेरि त्यो बीचमा हरायो हैन। अहिले फेरि
संस्कृतको इम्पोर्टेन्स् (महत्त्व) अलिकति बढ्दै गएको हो कि जस्तो देखिन्छ के।
विभिन्न विद्यालयहरूले संस्कृतलाई एप्रोच गरेको (अपनाएको) देख्दाखेरि?
यसमा स्वामीज्यूको धारणा के छ? संस्कृतको
इम्पोर्टेन्स (महत्त्व) बढेकै हो कि अथवा बीचमा के भएको थियो जस्तो महसुस हुन्छ
यहाँलाई? के होला स्वामीजी खासमा?
स्वामीजी– यस्तो हो। कुनै पनि यदि
विधालाई लियौँ, सपोज (मानौं)। त्यो विधामा सर्वोत्कृष्ट
रचनाहरू संस्कृत भाषामै छन्। जस्तै, मनसँग सम्बन्धित कसैले
पढ्नु पर्यो। पूरै विश्वमा योगदर्शन समान यस्तो ग्रन्थ छैन, जसले
मनले कसरी काम गर्छ त्यसको बारेमा निरूपण गरोस्। कुन भाषामा छ? संस्कृत भाषामा। जान्नको लागि के गर्नु पर्यो? संस्कृत
भाषा चाहियो। साहित्यमा जाऔं। शाकुन्तलसमान जुन कालिदासजीको महाकाव्य हो, त्यो समान साहित्य सायदै कुनै होला। कुन भाषामा छ? संस्कृत
भाषामा छ। त्यसैले विभिन्न विधा, कुनै यो एउटा दुईटा विधा
मात्रै होइन, अनेकौँ विधाहरूमा चाहे आयुर्वेदलाई लिऊँ,
या एस्ट्रोनोमि (खगोल विज्ञान)लाई लिऊँ, सबै
विधामा संस्कृतमा सर्वोच्च ग्रन्थहरू छन्।
त्यसैले जे रिसोर्सेस् (श्रोतसाधन)हरूको
निम्ति आजका वैज्ञानिकहरू पनि तारिफ गर्छन्। ठुलाठुला वैज्ञनिकहरूले वेदान्तमा
भएका ज्ञानको मुक्तकण्ठले या एकदम खुलस्त ढङ्गले तारिफ गरेका छन्। त्यसबाट
व्यक्तिहरूमा संस्कृत भाषा प्रतिको या वेदमा भएका कुराहरूको बारेमा एउटा मोह
बढ्दैछ। र खासगरि पहिले एउटा मिडियालाई केही व्यक्तिहरूले नियन्त्रित गरेका थिए।
मतलब उनीहरूको एजेन्डाभन्दा बाहिरीको चिजहरू पब्लिकले थाहा पाउँदैनथ्यो। र अहिले
मेनस्ट्रिम मिडिया बाहेक पनि अन्य मिडियाद्वारा व्यक्तिहरूले धेरै कुराहरू जानकारी
राखेका छन्। र त्यस अन्तर्गत संस्कृत भाषाको जुन विशेषता हो, त्यो विशेषता लगभग आफूले नपढेता पनि सबैलाई थाहा छ। र वास्तवमा मेरो अनुभव
पनि त्यही हो।
यद्यपि मैले संस्कृत पढेको त होइन। तर
सरसरती, जुन संस्कृतको व्याकरण जुन पाणिनिजीको एकचोटि मैले सरर हेरेको थिएँ। आजको
दिनमा, आज हामीसँग सुपर कम्प्युटर छ। हजारौँ व्यक्तिहरू
क्लाउडमा सँगै एकैचोटि बसेर काम गर्न सक्ने एउटा टेक्नोलोजि छ, प्रविधि छ। यो प्रविधिलाई प्रयोग गरेर ‘ल नयाँ भाषा बनाऔँ न त। सबै
भाषालाई छोडिदिऊँ। नयाँ, असाध्यै वैज्ञानिक, असाध्यै साइन्टिफिक भाषा बनाऔँ। किनकि अब त हामीसँग भयङ्कर रिसोर्सेस् (स्रोतसाधन) छ। हामी पहिलाकोभन्दा करोडौँ गुणा चाँडो
क्यालकुलेसन गर्न सक्छौँ।’ भनेर अहिले नयाँ भाषा बनायौँ भने पनि संस्कृत समान
पर्फेक्ट (सिद्ध) भाषा कसैले पनि बनाउन सक्दैन। कुरा बुझ्नुभयो नि। त्यति
महत्त्वपूर्ण भाषा छ त्यो।
त्यसैले जर्मनीमामात्रै चौध वटा
विश्वविद्यालयमा संस्कृत भाषामा पढाइ हुन्छ। लन्डनमा एउटा स्कुल छ, जहाँ संस्कृत अनिवार्य हो। किनकि साइन्टिस्टहरूले रिसर्च (वैज्ञानिकहरूले
अनुसन्धान) गरे अनुसार संस्कृत भाषा बोल्नाले, संस्कृत शब्दको
उच्चारण गर्नाले हाम्रो मन–मस्तिष्कमा राम्रो प्रभाव पर्छ। विद्यार्थीहरू
ट्यालेन्ट (प्रतिभाशाली) हुन्छन्। उनीहरूको अङ्क पनि, अरु
विषयमा पनि राम्रो आउँछ। यो सबै, प्रमाणित चिजहरू हुन्।
साइन्टिस्टहरूले एकपटक कम्प्युटरको निम्ति पनि संस्कृत भाषा सान्दर्भिक छ कि भनेर रिसर्च
गरे र यही निश्चयमा पुगे कि कम्प्युटरको निम्ति जुन प्रोग्रामिङ्ग
गरिन्छ, त्यसको निम्ति पनि संस्कृत सबैभन्दा बेस्ट
ल्याङ्ग्वेज (राम्रो भाषा) हो। अब प्राक्टिकल होला नहोला, त्यो
आफ्नो ठाउँमा छ। भविष्यमा हुन सक्छ, संस्कृत भाषाकै प्रयोग
होला प्रोग्रामिङ्ग ल्याङ्ग्वेजमा। त्यसैले आशा गरौँ। तर यो अवश्य हो कि संस्कृत
भाषासमान भाषा अनि संस्कृत भाषामा जुन ग्रन्थहरू छन्, ती
ग्रन्थहरू समान ग्रन्थ अरु कुनै पनि भाषामा छैन।
प्रस्तोता– भनेपछि
संस्कृतको महत्त्व निकै छ।
स्वामीजी– निकै छ, निकै छ।
nice
ReplyDelete