शास्त्र अनुसार संसारको सृष्टि–

 

प्रस्तोताजस्तै यहाँले भर्खरै भन्नुभयो, मैले भौतिक पनि पढेँ, भौतिकशास्त्र पनि पढेँ, र अध्यात्म पनि अध्ययन गर्न पाएकाले मैले एउटा इभ्यालुएन गरेर डिसिजन लिएँ भन्नुभयो होइन स्वामीज्यू। जस्तै विज्ञानले त यो जस्तै यो कसरी क्रियसन (सृष्टि) भयो भन्ने खालको एन्सर (उत्तर) दिन सकेको छैन। जस्तै स्वामीज्यूले न अध्ययन गर्नभएको छ अध्यात्मको। त्यसमा विभिन्न वेदहरूको लगायत विभिन्न कुराहरूको अध्ययन गर्नुभएको छ नि। अध्यात्मले चाहिँ कसरी यो सृष्टि सृजना भयो भन्छ त?

स्वामीजीयस्तो हुन्छ। जस्तो। पहिला साइन्सकै थोरै भूमिका बाँधौं। साइन्टिस्टहरूको दुईतीनवटा मतहरू छन्। एकथरी वैज्ञानिकहरू यो भन्छन् यो जुन सृष्टि हो जसरी अहिले चलिरहेको छ यसैगरी अनादिकालदेखि थियो, सधैँ यसैगरी रहिरहन्छ। यो एउटा मत छ।

अरु वैज्ञानिकहरू हैन, त्यसरी हैन, एकदिन सुरु भएको थियो। एउटा बिग व्याङ्ग, महाविस्फोट भयो। त्यही महाविस्फोटबाट नै यो संसारको सृजना भयो। यो उनीहरूको धारणा छ। यो बिग व्याङ्ग थियोरी अहिले सबैभन्दा बढी प्रकाशित गरिएको, मतलब पब्लिसिटि (प्रचार) पाएको थियोरी यही हो, बिग व्याङ्ग थियोरी।

यो भयो वैज्ञानिकहरूको धारणा। तर यसमा समस्या के छ...। यी दुवै चिजमा समस्या छ। म हजुरलाई बताइदिन्छु। जस्तै पहिलो एउटा अपसन(धारणा) जुन थियो, यो संसार यस्तै थियो, यस्तै छ र यस्तै रहिरहने छ। यो अपसन यसकारणले सही हुन सक्दैन किनकि संसार परिवर्तनशील हो। जसरी मानिलिनुस् मैले मेरो शरीरमा परिवर्तन देखेको छु नि। म कुनै बेला सानो थिएँ। युवा अवस्थामा छु अहिले, अब अर्को व्यक्तिलाई पनि मैले देखेको छु, अर्को वृद्ध भयो। यसलाई भनिन्छ परिणामी या विकारी या परिवर्तनशील। संसार शब्दको अर्थ नै हो

संसरत्यस्मादिति संसारः। गच्छतीति जगत्। शब्दकल्पद्रुम

अर्थात जे परिवर्तनशील छ, चलिरहन्छ, गतिशील छ त्यसैको नाम संसार हो। र हाम्रो तर्क सङ्ग्रहमा अर्थात् तर्कशास्त्रमा एउटा स्थापित सिद्धान्त के हो भने जे परिवर्तनशील छ, त्यो नित्य रहन सक्दैन।

जस्तै कुनै पनि व्यक्तिले म अमर हुन सक्छु भनेर भन्छ र? जब कि कसैले पनि देखेको छैन। जबसम्म हाम्रो मृत्यु आउँदैन, तबसम्म त मेरो मृत्युलाई मैले देख्न, अनुभव गर्न त सक्दिनँ। अर्को मर्यो होला रे! अरबौँ मध्ये म अमर हुन सक्छु नि भनेर कसैले भन्छ र? भन्दैन। किन भन्दैनौँ हामी? किन हामी भित्रबाट यो ठान्दछौँ कि म एकदिन न एकदिन मर्छु? किनकि हामी परिवर्तनशील छौँ। त्यसैले कुनै पनि परिवर्तनशील वस्तु सधैँ रहिरहन सक्दैन। जस्तै, एउटा घर लिऔँ। घर परिवर्तनशील छ। अब तुरुन्तै हामी देख्दैनौं। आजको भोलि नै कुनै परिवर्तन देख्दैनौँ। १० बर्ष, १५ बर्षमा हामी परिवर्तन देख्छौँ। त्यसैले परिवर्तनशील वस्तुलाई देख्नासाथ त्यो एकदिन बन्यो, केही समय रहन्छ, एकदिन नष्ट हुन्छ। यो हाम्रो फिलोसफी (सिद्धान्त) हो। चाहे त्यो गाडी होस् या हामी फलामलाई लिऔँ, फलाम पनि परिवर्नशील हुन्छ। त्यसैले एकदिन बन्छ, केही समय रहन्छ, समाप्त हुन्छ। आकाशको तारालाई लिऔँ। त्यसबाट किरणहरू निस्कन्छन्, अर्थात् परिवर्तन हुन्छ। त्यो परिवर्तनशील वस्तु एकदिन बन्छ, केही समय रहन्छ, समाप्त हुन्छ। त्यसैले संसार पनि परिवर्तनशील भएकोले एकदिन बन्नु पर्छ, केही समय रहन्छ, अनि समाप्त हुन्छ।

त्यसैले जुन वैज्ञानिकहरूको पहिलो तर्क एउटा अपिनियन (धारणा) थियो, त्यो यहीँ फेल (असिद्ध) हुन्छ। दोस्रो, जुन बिग व्याङ्ग थियोरीको कन्सेप्ट (अवधारणा) हो, यसले एकदिन बन्यो भनेर त भन्छ तर अर्को एउटा... यो साइन्टिस्टहरू पनि मान्छन् र हाम्रो सनातन धर्ममा पनि छ।

कारणेन विना कार्यं न कदाचन विद्यते। योगशिखोपनिषद् १३७

अर्थात्, कुनै पनि कारणबिना कार्य हुनै सक्दैन। जस्तै, भुईँचालो गयो रे। अँ, यसै गयो होला भनेर कसैले भन्छ र? भन्दैन नि। यसको कारणको खोजी गर्छन्, व्यक्तिहरू। वैज्ञानिकहरू पनि गर्छन्। त्यसैले ठिक छ, महाविस्फोट त भयो रे! किन भयो त? किन त्यति नै बेला भयो? आजसम्म नभएर, आज भएको भए हुन्थ्यो। अथवा त्योभन्दा अरू १५ अरब वर्ष आगाडि भएको भए हुन्थ्यो। त्यतिखेरै किन भयो र केका निम्ति भयो? प्रयोजन बिनाको पनि कुनै कार्य हुँदैन। यस्ता कैयौँ प्रश्नहरू शुरुवातमा नै त्यही सन्दर्भमा वैज्ञानिकहरू दिन सक्दैनन्। महाविष्फोट, जुन बिग व्याङ्ग भयो, किन भयो?  केका लागि भयो? र त्यतिखेरै किन भयो? यसको उत्तर छैन एक। र दोस्रो कुरा के हो भने यदि वैज्ञानिकहरूले भनून् कियो नेचरले आफसेआफ गर्यो; प्रकृतिको कुरा होभने यहाँनेरि पनि वैशेषिक मत अनुसार यो खण्डन हुन्छ। किनकि वैशेषिक मतका अनुयायीहरूका अनुसार कुनै पनि कार्य हुनको निम्ति ६ वटा चिज चाहिन्छ।

जस्तै एउटा घैँटो बनउन पर्यो, सपोज। यो त हामी सबले देखेका छौं। घैँटो बनाउनको लागि सबैभन्दा पहिला कुमाले चाहिन्छ नि। हैन र? बिना कुमाले त घैँटो बन्दैन। तर कोही कुमाले छ, तर कुमाले मात्रै भएर घैँटो बन्छ र? बन्दैन। उसँग ज्ञानपनि हुन पर्यो त्यसको निम्ति। अब ज्ञान छ कुमालेको, तर उसको इच्छै छैन भने त बन्दैन नि। ह्वाँ, बसिराछ मजाले। त्यसैले इच्छा हुन पर्यो, तेस्रो। अँ, उसले भनोस् अँ मेरो इच्छा छ बनाउनको लागि। मेरो इच्छा छ भनेर उही जय भोलिको सिद्धान्त अपनायो भने पनि भएन। इच्छा त छ, तर सङ्कल्प चाहियो। त्यसपछि फेरि चेष्टा चाहियो। त्यसपछि कार्य सम्पादन भयो। यी ६ वटा चिज मिल्यो भने बल्ल एउटा घैँटो हुन सक्छ।

त्यसैले यदि नेचरले नै बनायो भनेर यो सृष्टिलाई हामीले ठान्यौँ भने त्यो नेचर त जड चिज हो। जड चिजमा ज्ञान, चेतना इत्यादि त हुँदैन। त्यसैले त्यो ज्ञान, चेतना, त्यो ऐश्वर्य, त्यो सामर्थ्य नेचरमा कहाँबाट आयो? उनीहरूले यदि अँ त्यो नेचरमा सबै चिज छ भनेर भन्छन् भने फेरि त्यो नेचर र भगवान्को बीचमा त कुनै भेद नै छैन। हामी पनि त त्यही भगवान्, त्यही त्यही गुण भएकोलाई त भगवान मान्दछौं। जसरी अहिलेश्रीकृष्णाय नमः’ ‘राम रामाय नमःभन्छौँ, त्यसैगरीनेचराय नमःभन्दिन्छौँ हामी। हुन्न। जे एउटा शक्ति थियो त्यो शक्तिलाई प्रकट गरिदिनु हुन्छ। अर्थात् प्रलय हुनुपूर्व जस्तो संसार थियो त्यस्तै संसार भगवान्ले प्रकट गर्नुहुन्छ। र भगवान्सँग त्यो सामर्थ्य छ। किनकि संसार बनाउनको लागि एउटा चेतन तत्त्व त चाहिँन्छ। जड तत्त्वले बनाउन सक्दैन। अब चेतन त, हामी पनि चेतन हौँ। तर हामीमा त्यो सामर्थ्य छैन। जुन अगि कुमालेमा ज्ञान शक्ति नभएको जस्तो। हामी त यो संसारलाई बुझ्न पनि सकिरहेका छैनौँ। हामीले यो संसार बनाउन त सक्दैनौँ। त्यसैले संसार बनाउनको निम्ति महाचेतन भगवान् अवश्यक पर्छ र भगवान्ले यो सृष्टि कसरी गर्नुहुन्छ? यसको एउटा लामो व्याख्या छ हाम्रो शास्त्रमा।

प्रकृति माथि भगवान्ले दृष्टिपात गर्नुहुन्छ। प्रकृतिबाट महान् बन्छ। महान्बाट अहंकार बन्छ। अहंकारबाट पञ्चतन्मात्रा बन्छ। पञ्चतन्मात्राबाट पञ्चमहाभूत बन्छपृथ्वि, जल, तेज, वायु, आकाश। त्यो भनेको यो अर्थ, वाटर होइन। यो भनेको असाध्यै सूक्ष्म तत्त्व हो जसबाट जुन अहिले वैज्ञानिकहरू इलिमेन्टस्हरू भन्छन् अथवा इलेक्ट्रोन, प्रोटोनको कुरा गर्छन्, ती त्यसबाट बनेका हुन्छन्। त्यसैले यस प्रकारले प्रकृति, महान्, अहंकार, पञ्चतन्मात्रा, पञ्चमहाभूत हुँदै हुँदै फेरि सृष्टिको वर्णन शास्त्रमा छ।

त्यसैले भौतिक जुन वैज्ञानिकहरू हुन्, उनीहरूको यो संसार कसरी बन्यो भन्ने जेजति सिद्धान्तहरू छन् यो मैले असाध्यै सङ्क्षिप्तमा खण्डन गरे यहाँ। त्यसो त यसको बिस्तार गर्न थालेँ भने धेरै ठुलो हुन्छ।

अब भगवान्ले कसरी बनाउनु भयो त? जुन हजुरको मूल प्रश्न थियो। अघि हजुरले सोध्नुभएको थियो, वेदशास्त्र हजुरले पढ्नुभएको छ, भगवान्ले यो संसार कसरी बनाउनुभयो?

हेर्नुस्! भगवान्ले नयाँ बनाउनु भएको होइन। यो बुझ्नुपर्ने एउटा कुरा के हो भने...। किनकि, हामीले ल अफ कस्जर्भेसन अफ इनर्जी (ऊर्जा संरक्षणको सिद्धान्त) पनि सबैले पढकै छौँ, सुनेकै छौँ। भगवान्ले कुनै नयाँ संसार बनाउनु हुन्न। जे एउटा शक्ति थियो त्यो शक्तिलाई प्रकट गरिदिनु हुन्छ। अर्थात् प्रलय हुनुपूर्व जस्तो संसार थियो त्यस्तै संसार भगवान्ले प्रकट गर्नुहुन्छ। र भगवान्सँग त्यो सामर्थ्य छ। किनकि संसार बनाउनको लागि एउटा चेतन तत्त्व त चाहिँन्छ। जड तत्त्वले बनाउन सक्दैन। अब चेतन त, हामी पनि चेतन हौँ। तर हामीमा त्यो सामर्थ्य छैन। जुन अगि कुमालेमा ज्ञान शक्ति नभएको जस्तो। हामी त यो संसारलाई बुझ्न पनि सकिरहेका छैनौँ। हामीले यो संसार बनाउन त सक्दैनौँ। त्यसैले संसार बनाउनको निम्ति महाचेतन भगवान् अवश्यक पर्छ र भगवान्ले यो सृष्टि कसरी गर्नुहुन्छ? यसको एउटा लामो व्याख्या छ हाम्रो शास्त्रमा।

प्रकृति माथि भगवान्ले दृष्टिपात गर्नुहुन्छ। प्रकृतिबाट महान् बन्छ। महान्बाट अहंकार बन्छ। अहंकारबाट पञ्चतन्मात्रा बन्छ। पञ्चतन्मात्राबाट पञ्चमहाभूत बन्छपृथ्वि, जल, तेज, वायु, आकाश। त्यो भनेको यो अर्थ, वाटर होइन। यो भनेको असाध्यै सूक्ष्म तत्त्व हो जसबाट जुन अहिले वैज्ञानिकहरू इलिमेन्टस्हरू भन्छन् अथवा इलेक्ट्रोन, प्रोटोनको कुरा गर्छन्, ती त्यसबाट बनेका हुन्छन्। त्यसैले यस प्रकारले प्रकृति, महान्, अहंकार, पञ्चतन्मात्रा, पञ्चमहाभूत हुँदै हुँदै फेरि सृष्टिको वर्णन शास्त्रमा छ।

Post a Comment (0)
Previous Post Next Post