प्रस्तोता– स्वामीज्यूलाई अर्को प्रश्न के।
स्वामीजी– हजुर।
प्रस्तोता– जस्तै आज धेरै किसिमका समस्याहरू देखिन्छन्। एउटा व्यक्तिको जीवन देखि
लिएर सम्पूर्ण व्यक्तिको जीवनमा एउटा एउटा समस्या देखिन्छ के, हैन। अब स्वामीजी धेरै एउटा राम्रोखालको एउटा सबैलाई धारणा अथवा आफ्नो
बिचारबाट सबैलाई प्रेरित गर्दै हिँड्नुभएको छ, हैन। त स्वामीजीले चाहिँ आजका, आजको पुस्तालाई एउटा आफ्नो सन्देश केही दिनुपर्यो भने अथवा यो आजको
जीवनबाट एउटा सुखप्राप्ति, एउटा शान्तिप्राप्तिको लागि केही सन्देश दिनुपर्यो भने चाहिँ के भन्न
चाहनु हुन्छ?
हेर्नुस्! अहिले हामी जुन युगमा छौँ, यो युगमा हाम्रो शारीरिक लोड (बोझ) धेरै कम छ। जस्तो पहिलेपहिले, हामीले देख्दादेख्दै पनि कयौँ अवस्थामा पानी भरेर ल्याउनु पर्थ्यो। घाँस
काटेर ल्याउनु पर्थ्यो, खन्नु पर्थ्यो, जोत्नु पर्थ्यो। शारीरिक बलको कामहरू धेरै गर्थे। तर अहिले जतिजति समय
बित्दै गयो, त्यतित्यति मेन्टल लोड (मानसिक बोझ) बढ्दैछ। अब हुनसक्छ अर्को जेनेरेसन (पुस्ता)मा झन् यसको डबल (दुईगुना) होला।
त्यसैले हामीले एउटा व्यक्तिगत हिसाबले पनि, अथवा समाजलाई पनि त्यो मानसिक बोझलाई धान्न सक्ने– चाहे व्यक्तिगत आफ्नो क्षमता होस् या एउटा सोसाइटी (समाज)कै होस्– त्यो बनाउन जरुरी छ, ताकि त्यो मेन्टल लोड त्यतिखेर लिन सकौँ। अन्यथा के हुन्छ भने लोड धेरै
पर्यो भने व्यक्तिले धान्न सक्दैन। त्यसैले अनेक प्रकारका मानसिक समस्याहरू
उत्पन्न हुन सक्छन् र त्यसको निम्ति मनको क्षमतामा वृद्धि गर्न जरुरी छ।
यदि मानिलिनुस् पचास किलोको वेट (वजन) बोक्नको लागि अब दश बर्षपछि बोक्नुछ भन्यो भने आजैदेखि उसले कसरत सुरु
गर्नुपर्छ, शारीरिक। भने त्यो बोझ धान्नको निम्ति, त्यो मानसिक बोझ धान्नको निम्ति, मानसिक कसरत जरुरी छ। त्यसैले मनको साधना गर्न जरुरी छ। त्यसैले जुन
ध्यानका कुराहरू हुन्, जुन हामी मनले गर्छौँ, त्यसलाई पनि चाहे घरमा होस् या स्कुलमा होस् या साथीहरू जम्मा हुँदा
खेरि, या छुट्टिको दिनहरूमा होस्, ध्यानलाई प्रायोरिटि (प्राथमिकता) दिँदै जानु छ, दिनचर्यामा।
जसरी गरे पनि हुन्छ ध्यान। कुनै यसरी नै गर्नुपर्छ, श्री कृष्णकै ध्यान गर्नु पर्छ भन्ने जरुरी पनि छैन। कुनै पनि
ध्यानविधिद्वारा हामी ध्यान गर्दै जाऔँ एक। दोस्रो, जुन दिनदिनै हामी अब चाहे बच्चाहरू पढाउँछौं अथवा हामीले पनि पढ्छौं, त्यो हाम्रो दिनदिनैको व्यस्त जीवनबाट हटेर १५, २० मिनेट हामीले आफ्नो जीवन, आफ्नो जीवनको लक्ष्यको बारेमा सोच्न जरुरी छ। सबैले सोच्न जरुरी छ। अन्यथा
के हुन्छ भने हामी केवल भागिरहेकै हुन्छौँ।
म एउटा एकदम सुन्दर दृष्टान्त दिमागमा आइहाल्यो, म हजुरसँग सेयर गर्न चाहन्छु। मानिलिनुहोस्, एउटा हरिण रहेछ। त्यो हरिण जङ्गलबाट बाहिर निस्किएछ। जङ्गलबाट बाहिर
बालुवै बालुवाको एउटा मरुभूमीजस्तै थियो। एकछिन, नयाँ चिज लाग्यो, नयाँ चिज पाउनेबित्तिकै त रमाउँछन् नि व्यक्तिहरू, ऊपनि खुब रमायो, त्यहाँ उफ्रियो, कुद्यो। त्यसपछि प्यास लाग्यो। प्यास लागेपछि उसले अब पानी खोज्यो। यता
जङ्गलतिर हेरेको पूरै झाडीझाडी, रुखरुख। कहिँपनि देखिएन सरोबर।
मरुभूमितिर हेरेको त्यहाँ ‘ए ऽ’, उसले देख्यो, ‘यहीँ त रहेछ त पोखरी’ अब ऊ दौडियो पोखरीतिर। दौडिँदा दौडिँदा, ऊ जतिजति पोखरीतिर जान्थ्यो, त्यो पोखरी ऊबाट अझै पर सर्थ्यो। र उसलाई मोटिभेसन (प्रेरणा) केबाट मिल्छ भने केवल म मात्रै भागेको छैन। यहाँ त हजारौँ लाखौँ करोडौँ
हरिणहरू छन्, सबै त्यही पोखरीतिर भागिरहेका छन्, त्यही मरभूमिको। र उसले देख्छ– आँफूभन्दा पर एउटा अर्को हरिणलाई देख्छ, जो उसको दृष्टिमा त्यही पोखरीकै छेउमा छ। र उसले सोच्छ कि त्यो हरिण, पक्कै उसले पानी पियो, उसले आफ्नो प्यास बुझायो। म चाहिँ प्यासी छु त्यो चाहिँ तृप्त छ– उसले यो सोच्दछ।
तर वास्तविकता के हो भने उसले जुन हरिणलाई देखेको छ नि ऊभन्दा
अगाडिको, त्यो हरिणको निम्ति पनि त्यो पोखरी त्यति नै पर छ। अर्थात् मैले यहाँ भन्न
खोजेको कुरा के हो भने जस्तै हामीले हाम्रै जीवनलाई पनि हेरौँ।
सुरुमा हाम्रो पालामा एस्.एल्.सी. हुने गर्थ्यो। एस्.एल्.सी. दिएपछि त एकदम टेन्सन फ्रि (आनन्द) भन्ने लाग्थ्यो नि हामीलाई।
प्रस्तोता– आइरन गेट भनिन्थ्यो।
स्वामीजी– अँ, आइरन गेट भनिन्छ।
एस्.एल्.सी. दिइयो। अनि पूरा एकदम इन्जोय (मस्ति)पनि गरियो, साथीहरूसँग घुम्न पनि गइयो, फोटो पनि खिचाइयो। त्यसपछि ओहो, प्लस टु गर्नुपर्ने। के मा गर्ने? अर्को दुःख सुरु भयो। प्लस टु गरेपछि नै रहेछ, भन्ने भयो। प्लस टु गरियो। अब त्यसपछि अब डाक्टर पढ्ने कि इन्जिनियरिङ
गर्ने, के गर्ने अर्को टेन्सन (तनाव) सुरु भयो। फेरि डाक्टर पढियो।
अनि एउटाले सम्झायो, कहाँ डाक्टर पढेर सुख मिल्छ यार! एउटा कोही केटी भए या केटा भए उसँग विवाह गरेपछि बल्ल मजा, मजैमजा आउँछ। विवाह पनि भयो। सुख अझै एक कदम उता सर्यो। विवाह भएर कहाँ
सुख मिल्छ? हामीले देख्यौँ– एउटाले आफ्नो बच्चालाई काखमा लिएर बच्चालाई एकदम माया गर्दै उसँग
बोलेको, चुम्बन गरेको देख्यौँ। अँ, बच्चा भयो भने बल्ल सुख मिल्ने रहेछ।
बच्चा पनि भयो। सुख मिलेन। कमसेकम ‘मलाई सुसु आयो भनेर (भनोस्)’ त्यत्रो होस् अनि बल्ल सुख मिल्ला भन्ने हुन्छ नि। अझै ठुलो भयो।
यिनीहरूलाई विवाह गराइदिन पाए बल्ल मेरो जिम्मेवारी पनि सकिन्थ्यो अनि त
आनन्द। अर्थात् जतिजति हामी यो जीवनमा भाग्दै छौँ सुखको निम्ति, हामीले सोचेको सुख अझ परपर सर्दैछ।
अँ। अहिले त केवल एक करोड छ। एक करोडमा म कहाँ सुखी छु र? दश करोड भयो भने बल्ल सुख मिल्छ। अनि हामी दश करोड कमाउनको लागि
दौडिन्छौँ। किनकि हामीले देखेका छौँ कि त्यो दश करोड जोसँग छ, मेरो एउटा साथी, त्यो सुखी छ। त्यो अगि जुन हरिणले देखेको थियो नि। तर वास्तवमा त्यो दश
करोड जोसँग छ, ऊपनि त्यति नै दुःखी छ। उसले सोच्छ कि दश करोडमा कहाँ सुख छ र? त्यो त मेरो पर्सनल (व्यक्तिगत) अनुभव हो। त्यो अरबपति पक्कै सुखी छ। उसको त घरमा सबैजनासँग कार छ, त्यो पनि सबैका आफ्नाआफ्ना ड्राइभर छन्। आँफूले केही पनि गर्नुपर्दैन, साइन (हस्ताक्षर) गरे पुग्छ, कहीँ दौडिनु परेन। नोकर, चाकर, वकिल या जो पनि, डाक्टर आउनुपरे पनि घरमा नै आउँछन्। त्यो चाहिँ सुखी होला। यसप्रकारले
भाग्दाभाग्दै जीवन बित्छ। अनि मृत्युको समयमा लाग्छ कि मैले केही पनि
गरिँन, केही पनि पाइँन।
त्यसैले एउटा त ध्यान सबैले गरून्। यो मेरो सजेसन (सुझाव) हो। दोस्रो केही समय जीवनको बारेमा सोच्न जरुरी छ। कि मरो लक्ष्य के
हो? म के चाहन्छु? म केवल यही चाहन्छु त? यसको अभिप्राय यो पनि होइन कि सबले कामधाम छोडेर सन्न्यासी भएर
हिँड्नुपर्छ। यो पनि होइन। इतिहासमा ९९.९९% व्यक्तिहरू जसले त्यो अनन्त सुखलाई प्राप्त गरे, उनीहरू सबै घर गृहस्थीमै यी सबै काम गर्दागर्दै गरे। त्यो सम्भव छ। हाम्रो
वेद शास्त्रमा छ, त्यसको साधन। तर यी दुईटा चिजको बारेमा सोच्न र गम्भीर भएर विचार गर्न
जरुरी छ। एउटा त ध्यान गर्न जरुरी छ, किनकि मानसिक लोड बढ्दैछ। हामीले देख्दादेख्दै धेरै बढिसक्यो। दोस्रो
जीवनको बारेमा सोच्न, गम्भीर भएर विचार गर्न जरुरी छ र यही म सुझाव दिन चाहन्छु सबैलाई।